२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

पाँचौ माध्यमिक नगरस्तरीय हाजिर जवाफ प्रतियोगिता सम्पन्न


  • २०८० फागुन १२, शनिबार मा प्रकाशित २ साल अघि
  • ६२३ पाठक संख्या
  • माधब पौडेल ,१२ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले आयोजना गरेको छ।हाजिरी जवाफ प्रतियोगितामा ज्ञान साधना बाल बिधालय पचुईले प्रथम स्थान हासिल गरेको छ।कार्यक्रमको अध्यक्षता शिक्षा युवा तथा खेलकुद शाखाका  प्रमुख अमित प्रसाद भट्ट रहनु भएको थियो भने प्रमुख अतिथि बेलौरी नगरपालिका कार्यवाहक नगर प्रमुख जोगराम चौधरी बिशिस्ट अतिथिमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी, वडाध्यक्ष कलबिर चौधरी,सिताराम रिजाल,भोजराज चौधरी ,बेलौरी नगरपालिकाका नगर प्रवक्ता हर्कबहादुर भुल,वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो। प्रतियोगितामा बेलौरी नगरपालिका वडा नम्बर ८ मा रहेको ज्ञान साधना बाल विद्यालय पचुई प्रथम स्थान प्राप्त सहित नगद रु १५ हजार सहित प्रमाणपत्र,दित्तिय स्थानमा बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको वात्सल्य विद्या निकेतन नगद रु १२ हजार प्रमाणपत्र तृतीय स्थानमा बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको शान्ती माध्यमिक बिधालय शान्तीपुर लाई  नगद रु ७ हजार ५ सय सहित प्रमाणपत्र प्रदान गरिएको बेलौरी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख अमित प्रसाद भट्टले जानकारी दिनुभयो। कार्यक्रममा नगरपालिका भित्र रहेका सामुदायिक तथा सस्थागत गरी २४ वटा बिद्यालय को सहभागीता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट