धनबहादुर बिक,२६माघ।कञ्चनपुर को पुनर्वास नगरपालिका ७ पराशन मा रहेको स्थानीय राष्ट्रिय आधारभुत बिद्यालय मा १ सय पाँच विपन्न बालबालिकालाई झोला तथा स्टेसनरी वितरण गरिएको छ ।
नेपाल ख्रिष्टियन रिलिफ सर्भिसेस कुममरीपाटी ललितपुर को सहयोगमा बिद्यालय का १०५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो ।विपन्न बालबालिकालाई शैक्षिक सामाग्री उपलब्ध गराएको मा सहयोगी संस्था लाई नगर प्रमुख शर्माले धन्यवाद ज्ञापन गर्दै नगर प्रमुख शर्माले आर्थिक रूपमा विपन्न बालबालिकालाई सहयोग गर्ने नेपाल ख्रिष्टियन रिलिफ सर्भिसेस लाई बिशेश धन्यवाद दिनुभएको थियो ।
बिद्यालय को भौतिक पुर्वाधार विकास र शैक्षिक सुधारका लागि स्थानीय तहबाट समेत पहल गर्ने उनलेे प्रतिबद्धता व्यक्त गर्नुभयो।तुलनात्मक रूपमा अरू बिद्यालय भन्दा यो बिद्यालय को आर्थिक अवस्था कमजोर छ तसर्थ बिद्यालय मा देखिएका बिबिध समस्या के के हुन लिखित रूपमा जानकारी दिएका बिद्यालयको आवस्यकता पूरा गर्न आफुले पहल गर्ने नगर प्रमुख शर्माले बताउनुभयो । बिद्यालय का व्यवस्थापन समिति अध्यक्ष रामदुलारे रानाको सभापतित्वमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रम का प्रमुख अतिथि पुनर्वास नगरपालिका नगर प्रमुख तोय प्रसाद शर्मा रहनुभएको कार्यक्रममा बिशिस्ट अतिथि मा वडाध्यक्ष मुलचन्द राना रहनुभएको थियो।संस्था को उदेश्य तथा कार्यक्रम बारे जानकारी गराउदै कार्यक्रम का बिशिस्ट अतिथि समेत रहेका रिलिफ कार्यक्रम संयोजक शिवराज ग्वाछाले भने संस्थाले स्थापनाकालमा विभिन्न दैबिक प्रकोप मा राहत संकलन गरि सहयोग गर्दै आईरहेका थियौ । पछिल्लो समय विपद मा परेका समुदाय बाढी पहिरो बाट प्रभावित , भुकम्प प्रभावित परिवारलाई राहत उपलब्ध गराउने कार्यमा हाम्रो संस्था ले भुमिका निर्वाह गर्दै आईरहेका छौ । यसैबिच राष्ट्रिय आधारभुत बिद्यालय मा पनि पिछडिएको क्षेत्र र आदिवासी जनजाति बसोबास गर्ने समुदायका बालबालिकालाई सहयोग गर्न पाउँदा खुसी लागेको छ । संयोजक ग्वाछाले आगामी दिनमा पनि सहयोग उपलब्ध गराईने बताउनुभयो।बिद्यालयका शिक्षक कर्मराज राना द्वारा स्वागतबाट सुरु गरिएको कार्यक्रम को सञ्चालन प्रधानाध्यापक चन्द्रबहादुर थापाले गर्नुभएको थिए। सो अवसरमा प्र अ थापाले बिद्यालय को बिबिध समस्या का बारेमा नगर प्रमुख तथा वडाध्यक्ष लाई ध्यानाकर्षण गराउदै बिद्यालयमा दरबन्दी अभाव बिद्यालयको न्यून आयश्रोतका कारण कक्षा घटाउनु परेको बताउनुभयो । एउटामात्र दरबन्दी र ३ जना राहत १ जना बालविकास शिक्षक १ जना परिचर र १ जना निजि बाट शिक्षक राखिएको मा बिद्यालय को आर्थिक अभावका कारण कक्षा ७ बाट घटायर कक्षा ५ सम्म चलाउनुपरेको प्र अ थापाले बताउनुभयो। गतबर्षसम्म कक्षा ६ र ७ सञ्चालन गर्दैगर्दा दुई जना शिक्षक हरूलाई एक बर्षदेखि पारिश्रमिक दिन पाईएको छैन थापाले भन्नुभयो।समस्यै समस्या रहेपनि बिद्यालय को भौतिक तथा शैक्षिक सुधारतर्फ स्थानीय सरकारले सहयोग गर्ने बिषयमा बेवास्ता गरेको गुनासो गरेका थिए।
प्रतिक्रिया दिनुहोस