२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

लालझाडीमा एकल महिलाका लागि कुखुरापालन तालिम सञ्चालन


  • २०८० माघ ९, मंगलबार मा प्रकाशित २ साल अघि
  • ६२२ पाठक संख्या
  • माधव पौडेल, कञ्चनपुर, ०९ माघ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको महिला, बालबालिका तथा समाजकल्याण शाखाको आयोजनामा एकल महिलाका लागि जिविकोपार्जन अन्तर्गत कुखुपालन सम्बन्धी दुई दिने तालिम सञ्चालन गरिएको छ ।

    मंगलबार वडा नम्बर २ मा तालिम सञ्चालन गरिएको लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले जानकारी दिनुभयो । तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष निर्मल रानाले एकल महिलाहरुको जीवनस्तर माथी उकास्नका लागि लालझाडी गाउँपालिकाले कुखुरा पालन, बाख्रापालन, भैसीपालन र तरकारी खेतीमा जोड दिँदै आएको बताउनु भयो । पशु शाखा प्रमुख बिसनसिंह बिष्टले तालिमको सहजीकरण गरिरहनु भएको छ । कार्यक्रम अन्तर्गत वडा नम्बर १ मा तालिम सम्पन्न भएको महिला, बालबालिका तथा समाजकल्याण शाखाका प्रमुख मानमति भट्ट ओझाले जानकारी दिनुभएको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट