२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

प्यारातालको पर्यटन बिकासका लागि  नागरिक अभियानलाई उवासंघ पुनर्वासले सघाउने


  • २०८० पौष ३, मंगलबार मा प्रकाशित २ साल अघि
  • १३१३ पाठक संख्या
  • कञ्चनपुर । प्यारातालको पर्यटन बिकासका लागि सुरु गरिएको नागरिक अभियानलाई उद्योग वार्णिज्य संघ (उवासंघ)पुनर्वासले सघाउने जनाएको छ ।

    नागरिक स्तरबाट सुरु गरिएको अभियान सफल बन्दै गए पछि उद्योग वाणिज्य संघ पुनर्वासले पनि लियो चासो लिएको हो । संघलेअभियानलाई विभिन्न संघ, सस्था स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकारबाट प्याराताललाई आकर्षक पर्यटकिय गन्तव्यकाे रुपमा बिकास गर्न सुदुपश्चिम सरकारकाे आयाेजनमा  फाल्गुण २३ र २४ गते धनगढीमा हुने सुदुर पश्चिम प्रदेश सरकारकाे लगानी तथा विकास सम्मेलनमा यश स्थललाई पहिलाे प्राथमिकतामा राखेर  अन्य विकास याेजनाकाे प्रस्ताव समेत सम्मेलनमा पेश गर्ने पुनर्वास  उद्योग  वाणिज्य संघ पुनर्वाले निर्णय  गरेको अध्यक्ष राजकुमार रायमाझीले बताउनुभयो। वाणिज्य संघकाे मासिक बैठक प्यारातालमै सम्पन्न गरि सो निर्णय गरेको समेत बताउनुभयो। नागरिक स्तरबाट सुरु गरिएकाे प्याराताल वरिपरि विभिन्न पर्यटकीय आकर्षक गर्ने खालका संरचना  निर्माणकाे काम भइरहेकाे छ।

    अहिले प्याराताल परिसरमा सेल्फी पोईन्ट निर्माण सप्पन्न भैसकेको छ भने वाटर फाउन्डेसन, ओदको स्तम्भ,कछुवाको स्तम्भ निर्माण कार्य जारी छ । अहिले प्यारातालमा आन्तरिक पर्यटकहरु आउने क्रम जारी रहेकाे छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट