२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

ईलाका प्रहरी कार्यालय बेलौरीद्वारा अवैध माछा बरामद


  • २०८० मंसिर २१, बिहिबार मा प्रकाशित २ साल अघि
  • ७०४ पाठक संख्या
  • बेलौरी,२१ मङ्सिर ।कञ्चनपुरमा भारतबाट ल्याएइएको अवैध माछा बरामद गरिएको छ। बिहिवार ईलाका प्रहरी कार्यालय बाट खटिएको टोलिले बेलौरी नगरपालिका– ५ रामनगरमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल ल्याउँदै गरेको करिब ४५ हजार रुपैँया बराबरको १५० केजी माछा बरामद गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

    बरामद गरेका माछा पशु क्वारेन्टाईन चेक पोष्ट बेलौरी, बेलौरी उद्योग बाणिज्य संघका प्रतिनिधि र स्थानीयको रोहबरमा नष्ट गरिएकोे छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट