२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

शोकमा साथ दिदै निर्धन उत्थान लघुबित्त बित्तीय सस्था


  • २०८० श्रावण २९, सोमबार मा प्रकाशित २ साल अघि
  • ७७२ पाठक संख्या
  • बेलौरी,२९ साउन ।कञ्चनपुरको बेलौरी बजारमा शाखा कार्यालय रहेको निर्धन उत्थान लघुबित्त बित्तीय सस्थाले  आइतबार आफ्ना समुहका सदस्य लाई ग्रामीण कर्जा बिमा बापतको रकम भुक्तानी गरेको हो।

    लालझाडी गाउँपालिका वडा नम्बर ३ कसवा बस्ने सदस्य पुनम दमाईको मृत्यु पश्चात् उनको छोरा रोहित नेपाली लाई ग्रामीण कर्जा बिमा बापतको रकम रु ७५५०५०।- रुपैयाँ भुक्तानी गरेको निर्धन लघुबित्त बित्तीय सस्था बेलौरी शाखाका प्रमुख बिरेन्द्र प्रसाद चौधरीले जानकारी दिनुभयो ।

    सस्थाले आफ्ना ग्राहक सदस्यहरु लाई आयस्तर वृद्धिका लागि बाख्रापालन ,कुखुरापालन , तरकारी खेती तथा  बित्तिय साक्षर तालिम प्रदान गर्दै आइरहेको छ।साथै गैर आर्थिक कारोबार सामाजिक उत्तर दायित्व अन्तर्गत दिने सेवाहरुमा शिक्षा क्षेत्रमा सस्थामा आवद्ध रहेका सदस्यका गरिब तथा जेहेन्दार छोराछोरी लाई हरेक बर्ष २ जना लाई छात्रवृत्ति प्रदान ,घातक रोग लागेका परिवारहरुलाई उपचारमा राहत स्वरुप सहयोग,सुत्केरी पोषण खर्च,दैबिक प्रकोप जस्ता कार्यमा राहत बितरण गर्दैआइरहेको प्रमुख चौधरीले बताउनुभयो । निर्धन उत्थान लघुबित्त बित्तीय सस्थाले देशभर ७७ वटै जिल्लामा १८५ शाखा कार्यालय बाट र १० क्षेत्रीय कार्यालय र काठमाडौमा केन्द्रिय  कार्यालय रहि सेवा दिइरहेका छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट