२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

विपद जोखिम न्यूनिकरण र व्यवस्थापनमा संचार माध्यमको भूमिका विषयक गोष्ठी


  • २०८० श्रावण २७, शनिबार मा प्रकाशित २ साल अघि
  • ७४६ पाठक संख्या
  • कञ्चनपुर, २७ साउन ।सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद जोखिम न्यूनिकरण र व्यवस्थापनमा संचार माध्यामको भूमिका विषयक छलफल गोष्ठी गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कैलालीको धनगढीमा विपद जोखिम न्यूनिकरण र व्यवस्थापनमा संचार माध्यामको भूमिका विषयक छलफल गोष्ठी गरेको हो । मर्सिकोरको प्राविधिक सहयोगमा मन्त्रालयले कैलाली, कञ्चनपुरका संचारकर्मी सहभागि गराएर उक्त कार्यक्रम गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत समेत रहेका विपद् सम्पर्क व्यक्ति लक्ष्मी प्रशाद जोशीले विपद् जोखिम न्यूनिकरणका लागि प्रदेश सरकारले समेत काम गरिरहेको बताए । उनले प्रदेश, स्थानीय र संघीय तीनै सरकार विपद् क्षेत्रमा काम गर्दै आएको र यसलाई प्रदेशमा थप प्रभावकारी बनाउन संचारकर्मीसंग समेत छलफल गरिएको बताए । कार्यक्रममा मर्सिकोर नेपाल धनगढीका प्रमुख कृष्ण बस्यौलाले विपद् बारे प्रशिक्षण दिएका थिए । मर्सिकोरकै सिनियर अधिकृत संगिता अधिकारीले विपद्का बेला महिला, गर्भवती,सुत्केरी, अशसक्त महिला सहितका बालबालिका जेष्ठ नागरिकका विषयमा समेत संचार माध्यमले गम्भिर हुनुपर्ने बताईन । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव विश्वदिप बेस्राले प्रदेश सरकारले विपद्का क्षेत्रमा गरिरहेको कामकाज बारे थप सुशुचित गराउनुपर्ने बताए । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कप्युटर अधिकृत जनक धामीले संचालन गरेको कार्यक्तममा मन्त्रालय, मर्सिकोर, पत्रकार महासंघ सहितका पदाधिकारीको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट