कञ्चनपुर , २२ साउन । कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनको माग गर्दै नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशसरण महतलाई आइतबार ज्ञापन पत्र पेस गरिएको छ । पूर्व मन्त्री रमेश लेखक समेतको उपस्थितिमा उद्योग वाणिज्य संघको टोलीले आइतबार काठमाडौँमा मन्त्री महतलाई भेटेर ज्ञापन पत्र बुझाएको हो ।

बन्द अवस्थामा रहेको भन्सार कार्यालय खुला गरी भन्सार स्तरोन्नति गर्न, ६ वर्षअघि कैलाली भन्सार मातहत राखिएको बेलौरी छोटी भन्सारलाई पुनः कञ्चनपुर भन्सार कार्यालय मातहत राख्न र कैलाली भन्सार नजिकै कञ्चनपुर प्रवेश गर्ने हुलाकी सडक खण्डमा राखिएको ब्यारियर हटाउन माग गर्दै ज्ञापन पत्र बुझाइएको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले जानकारी दिनुभयो ।
यसअघि शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर ज्ञापनपत्र पेस गरिएको थियोे ।
प्रतिक्रिया दिनुहोस