२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

प्रतिनिधि सभा सदस्य डागीद्वारा बेलौरी छोटी भन्सार र पचुई स्थित हुलाकी सडकको अनुगमन


  • २०८० श्रावण २०, शनिबार मा प्रकाशित २ साल अघि
  • ८४० पाठक संख्या
  • कञ्चनपुर ,२० श्रावण । राष्ट्रिय स्वतन्त्र पार्टीका सासद तथा प्रतिनिधि सभा सदस्य निशा डागीद्वारा शनिबार कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित विवादित हुलाकी सडक र बेलौरी छोटी भन्सार कार्यालयको स्थलगत अनुगमन गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेताको विशेष प्रयासमा प्रतिनिधि सभा सदस्य निशा डागीद्वारा शनिबार बेलौरी नगरपालिका वडा नम्बर ८ स्थित विवादित हुलाकी सडक र बेलौरी छोटी भन्सार कार्यालयको स्थलगत अनुगमन गर्नुभएको हो।

     


    हुलाकी सडक अन्तर्गत भारतीय सिमा सुरक्षा बलले आफ्नो भुमी पर्ने भन्दै कालोपुल देखि ३८ नम्बर पिल्लरको करिब १२ सय मिटर जमिनमा सडक बनाउन र विद्युतको पोल गाड्न समेत दिएको छैन। सो क्षेत्रको निरीक्षणको क्रममा बेलौरी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष बिषराम रानाले यो विवादित समस्या समाधानका लागि आवश्यक पहल गरिदिनका लागि प्रतिनिधि सभा सदस्य डागीलाई अनुरोध गर्नुभएको छ। यस्तै प्रतिनिधि सभा सदस्य डागीले हुलाकी सडक र बेलौरी छोटी भन्सारका बारेमा सम्बन्धित निकायमा गएर समस्या समाधानका लागि आवश्यक पहल गर्ने र प्रतिनिधि सभाको बैठकमा यस विषयमा आफुले सदन समक्ष जानकारी गराउने समेत बताउनु भएको छ। निरीक्षण कार्यक्रममा स्थानीय जनप्रतिनिधि र राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट