काठमाडौँ,१६ श्रावण नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणाली अनुसार बढाएको हो ।

मुल्य बढे अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ , डिजेल र मट्टितेल प्रतिलिटर ७/७ रुपैयाँ बढेको छ । काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ । त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ । भारतबाट नयाँ मूल्य आएलगत्तै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस