२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

आफ्नो निर्वाचन क्षेत्रका धेरै योजना प्रदेश सरकारले समावेश गर्न सकेन प्रदेश सभा सदस्य : थापा


  • २०८० श्रावण १, सोमबार मा प्रकाशित २ साल अघि
  • ४८६ पाठक संख्या
  • पुनर्वास ,०१ श्रावण। कञ्चनपुरको क्षेत्र नम्बर १ को ‘क’ बाट नेकपा एमालेबाट निर्वाचित भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापाले आफ्नो क्षेत्रका धेरै योजनाहरू प्रदेश सरकारले समावेश गर्न नसकेको पत्रकार सम्मेलनमा बताउनुभयो ।

    सोमबार पुनर्वासमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले प्रदेश सरकारले आफ्ना क्षेत्रका धेरै योजनाहरू कटौती गरेको बताउदै ।‘यतिखेर आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिपक्ष दलको अनुपस्थितिमा पारित भइसकेको छ,’ प्रदेश सभा सदस्य थापाले भने,‘यो बजेटमा मेरो क्षेत्रका धेरै योजनाहरू प्रदेश सरकारले समावेश गर्न सकेन । म प्रतिपक्ष दलको भएका कारणले पनि होला,भने जस्तो काम गर्न मिल्ने कुरै भएन । त्यस कारण पनि मैले सदनमा नै बजेटका बारेमा धेरै कुरा राखी पनि सकेको छु ।’

    उनले वर्तमान सरकारले ल्याएको बजेटले यस क्षेत्रको समग्र विकास हुन नसक्ने बताउँदै यस पटक सरकारसँग निरन्तरको पहलमा केही पुराना क्रमागत योजनाहरू यस क्षेत्रमा पार्न सफल भएको र नपरेका थुप्रै योजनाका लागि निरन्तर आवाज उठाई रहने बताउनुभयो । उनले प्रदेश सरकारले ल्याएको बजेट मन्त्रीमुखी भएको समेत आरोप लगाउदै । ‘यो बजेट समानुपातिक र समावेशी तवरले आएको छैन् । मन्त्री निकटका जिल्लामा बजेट खन्याइएको छ ।

    सरकारले सत्तापक्षकै सांसदहरूले यो बजेटलाई पास गराउँदैनन् की भनेर हतार हतार सांसदको निर्वाचन विकास कोषमा रहेको ३ करोडलाई ५ करोड पु¥याउने आश्वासन पछि सत्तापक्षकै सांसदहरू बजेटको पक्षमा सहमत भएको बताउनुभयो । यद्यपि सरकारले दिएको त्यो आश्वासन, आश्वासन मै सीमित रहने उनको भनाई थियो । पेश भएको बजेटमा सांसदको निर्वाचन विकास कोषमा पहिलेकै ३ करोड छुट्टाउने भनेर उल्लेख भएकाले अब त्यो सरकारको आश्वासन पुरा नहुने बताउदै । पहिलेकै ३ करोड पनि आफूहरूलाई दिनुहुँदैन भन्ने पक्षमा रहेको समेत जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट