२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

प्रधानमन्त्री प्रचण्डलाई पत्नी वियोग : सीता दाहालको निधन


  • २०८० अषाढ २७, बुधबार मा प्रकाशित २ साल अघि
  • ७७७ पाठक संख्या
  • काठमाडौँ ,२७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो । नर्भिक अस्पतालका प्रोफेसर डा. युवराज शर्माले सीता दाहालको निधन भएको पुष्टि गर्नुभएको छ । उहाँको स्वास्थ्य अवस्था गम्भीर भएपछि बुधबार बिहान नर्भिक अस्पताल लगिएको थियो । उपचारका क्रममा उहाँको ६९ वर्षको उमेरमा निधन भएको हो ।दाहालको शवलाई श्रद्धाञ्जलीको लागि बिहान ११ देखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिने र दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट