२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

बेलौरीमा मदिरा प्रचारका लागि लगाइएका बोर्ड हटाईयो


  • २०८० अषाढ ६, बुधबार मा प्रकाशित २ साल अघि
  • ८३४ पाठक संख्या
  • बेलौरी ,०६ असार । कञ्चनपुर बेलौरी नगरपालिकामा रहेको बेलौरी बजार क्षेत्र बाट करिब २५ वटा होटल तथा किराना पसलहरुमा लगाईएका होडिङ बोर्डहरु हटाईएका छन् ।बुधबार सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय तथा प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्र कञ्चनपुरको आयोजनामा होटल तथा पसलहरुमा लगाईएका मदिरा तथा सुर्तीजन्य पदार्थका प्रचारप्रसारका होडिङ बोर्डहरु हटाईएको प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका सुचना प्रविधि प्रमुख लालप्रसाद न्यौपानेले जानकारी दिनुभयो । सुर्तीजन्य तथा मदिराका प्रचारका लागि राखिएका सामाग्री तथा बोर्डले युवावर्गलाई लागुऔषध तर्फ थप उत्प्रेरित बनाउने भएकाले सरकारले यस्ता खाले प्रचार सामग्री राखिएकाले हटाइएको समेत बताउनुभयो ।

     

    कैलाली र कञ्चनपुरका करिब एक हजार बढि होडिङ बोर्डहरु हटाईएको र अबका दिनमा पुनः देखिए सुर्तीजन्य तथा मदिरा नियन्त्रण सम्बन्धी ऐन २०६८ को दफा १० र ११ र प्रदेश जनस्वास्थ्य ऐन २०७६ को दफा ६२ र ६३ बमोजिम १ लाख रुपैयाँ जरिवाना सहित ३ महिना कैद हुने बताउनुभयो । उक्त कार्यक्रममा प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका प्रतिनिधि,जनप्रतिनिधि,प्रहरी र पत्रकारहरु सहभागिता थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट