२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

सुदुरपश्चिमका कानून मन्त्री सिंह सवार गाडी दुर्घटना, मन्त्रीसहित पाँच जना घाइते


  • २०८० अषाढ ५, मंगलबार मा प्रकाशित २ साल अघि
  • ५२८ पाठक संख्या
  • बझाङ ,०५ असार । सुदुर पश्चिम् प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुदूरपश्चिम प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने स्थानमा मंगलबार अन्दाजी दिउँसो १ बजे तिर दुर्घटना भएको हो। गाडी सडकबाट करिब ५० मिटर तल खसेको हो। दुर्घटनामा मन्त्रीसहित पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

    मन्त्री सिंहको केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट