२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

बेलौरी उद्योग वाणिज्य संघद्वारा दबाबमुलक कार्यक्रम जनप्रतिनिधिहरुको न्यून उपस्थिति


  • २०८० जेष्ठ २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • १०६६ पाठक संख्या
  • माधब पौडेल ,जेठ २७ । कञ्चनपुरको बेलौरीमा रहेको छोटी भन्सार कार्यालयमा लगाइएको ताला खोल्न माग राख्दै बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा विभिन्न राजनीतिक दलका प्रतिनिधि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष , वडासदस्य ,नागरिक समाज बुद्धिजीवी ,समाजसेवी र स्थानीय सञ्चारकर्मीको उपस्थितिमा दबाबमुलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय पालिकाका जनप्रतिनिधिहरु लाई पत्राचार गरि बोलाउदा समेत जनप्रतिनिधिले दबाबमुलक कार्यक्रममा खासै चासो नदेखाएकोमा स्थानीय ब्यापारीहरुले असन्तुष्टि जनाएका थिए। छोटी भन्सार कार्यालयमा कस्ले ताला लगायो भन्ने कुरा सम्बन्धित निकायलाई जानकारी नै नभएको बेलौरी उद्योग वाणिज्य संघका महासचिव गोबिन्द प्रसाद सापकोटाले बताउनुभयो। पहिला बेलौरी छोटी भन्सार कार्यालय कञ्चनपुर अन्तर्गत थियो अहिले कार्यालय परिसरमा राखिएको बोर्डमा कैलाली भन्सार सञ्चालन गरिएको उल्लेख गरिएकोछ । करिब डेढ बर्ष यता कार्यालयमा  ताला लगाइ भन्सार कार्यालय बन्द अवस्थामा रहेको समाजसेवी बुद्धिजीवी केशवराज जोशी बताउनुहुन्छ।

    बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्टको अध्यक्षता सम्पन्न कार्यक्रममा उपस्थित नागरिक समाजका प्रतिनिधिले छोटी भन्सार कार्यालयको ताला खोल्न कुनै पनि निकायले चासो नदिदा अब चरणबद्द रूपमा आन्दोलन गरेर भएपनि सञ्चालन ल्याउनु पर्नेमा जोड दिएका छ्न। भन्सार सञ्चालन गर्न कसरी अगाडि बढ्ने विषयमा राजनीतिक दलका प्रतिनिधि , नागरिक समाज, बुद्धिजीवीहरु सग धारण माग गरिएको थियो।

    स्थानीय ब्यापारी हरु भन्छन चुनावी सभा लाई विभिन्न पार्टीका नेताहरु आएर सम्बोधन गर्ने क्रममा शिर्ष नेता नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ,नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा एमालेका अध्यक्ष के पि शर्मा ओली भाषण गर्दै बेलौरी लाई भन्सारमा बनाउछौ भनेर भने तर नेताहरु काठमाडौ पुगेपछि आफुले बोलेको कुरा बिर्सिएको बताउदै केहि दिन अगाडि जिल्ला भ्रमणका क्रममा कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाल सरकारका परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले बेलौरी छोटी भन्सार कार्यालय लाई स्तरोन्नतिका लागि  पहल गर्ने बताए पनी हालसम्म कुनै निर्णय भएको छैन। बेलौरी उद्योग वाणिज्य संघले यो भन्दा पहिला विभिन्न मन्त्री पार्टीका शिर्ष नेताहरु पटकपटक ज्ञापनपत्र बुझाउदा समेत चासो नदिएपछि स्थानीय रुष्ट छन।अब आन्दोलन गरेरै भएपनि सरकारको ध्यानाकर्षण गराइछोटी भन्सार सञ्चालनमा ल्याउन पर्नेमा युवाहरूको जोड छ।

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट