२०८३ श्रावण ३१, आईतबार | Sun, 16, Aug, 2026

बेलौरी:आइएमई लाइफ इन्स्योरेन्सको नवौँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम 


  • २०८३ श्रावण ३१, आईतबार मा प्रकाशित ८ घण्टा अघि
  • ५७ पाठक संख्या
  • महेन्द्र सिंह भाट,३१श्रावण।आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौँ वार्षिकोत्सवको अवसरमा बेलौरी शाखाको आयोजनामा आगामी भाद्र २ गते रक्तदान कार्यक्रम आयोजना हुने भएको छ।

    मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै आयोजना गर्न लागिएको उक्त कार्यक्रममा रक्तदानमार्फत जीवन बचाउने अभियानमा सहयोग पुग्ने शाखा प्रमुख तिवारी जानकारी दिनुभयो।मानवीय सेवा अभियानमा समाजसेवी, बुद्धिजीवी, विद्यार्थी लगायत सम्पूर्ण नागरिकहरूलाई सहभागी भई रक्तदान गर्न हार्दिक आह्वान गर्नु भएको छ। रक्तदान कार्यक्रम बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको सभा हलमा हुने बेलौरी शाखाका शाखा प्रमुख प्रदीप तिवारीले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट