२०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

बेलौरीमा युवालाई जलवायु समाधानको नेतृत्व गर्ने अवसर, लघु–आयोजना प्रस्ताव आह्वान


  • बेलौरी अनलाईन
  • २०८३ श्रावण २९, शुक्रबार मा प्रकाशित ५ घण्टा अघि
  • ८६ पाठक संख्या
  • बेलौरी, २९ श्रावण। कञ्चनपुरको बेलौरी नगरपालिकाले जलवायु परिवर्तन र वातावरणीय चुनौतीसँग जुध्न युवाको सिर्जनशीलता र नवीन सोचलाई स्थानीयस्तरमै परिचालन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरी नगरपालिकाले युवा जलवायु कार्य कोष (YCAF) अन्तर्गत लघु–आयोजना प्रस्ताव आह्वान गरेको छ।ब्लुमबर्ग फिलान्थ्रोपिजको सहयोगमा सञ्चालित कार्यक्रमअन्तर्गत १५ देखि २४ वर्ष उमेर समूहका बेलौरीका युवा, युवा समूह तथा युवा नेतृत्वमा सञ्चालित संस्थाहरूले स्थानीय आवश्यकता र समस्यामा आधारित आयोजना प्रस्ताव पेश गर्न सक्ने व्यवस्था गरिएको छ।नगरपालिकाले विपद् जोखिम न्यूनीकरणदेखि फोहोरमैला व्यवस्थापन, तालतलैया तथा जलाधार संरक्षण, पक्षी तथा जैविक विविधता संरक्षण, AI तथा आधुनिक प्रविधिको प्रयोग, दिगो कृषि, वृक्षारोपण र जैविक बार लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको छ।
    प्रस्ताव अन्तर्गत विपद्को पूर्वसूचना तथा पूर्वतयारी, खोज तथा उद्धार सामग्री, फोहोर वर्गीकरण र प्लास्टिक न्यूनीकरण, सीमसार तथा तालतलैयाको संरक्षण, पक्षीका लागि कृत्रिम गुँड निर्माण, प्राङ्गारिक कृषि, थोपा सिँचाइ, जलवायु अनुकूलित खेती तथा युवा कृषि उद्यमशीलताजस्ता कार्यक्रम सञ्चालन गर्न सकिने सूचनामा उल्लेख गरेको छ।

    लघु–आयोजना प्रस्ताव पेश गर्ने अन्तिम मिति २०८३ भदौ ३० गते तोकिएको छ। इच्छुक युवा, युवा समूह तथा युवा नेतृत्वमा सञ्चालित संस्थाले नगरपालिकाको विपद् व्यवस्थापन शाखामार्फत प्रस्ताव पेश गर्न सक्ने विपद् व्यवस्थापन समितिका फोकल पर्सन अशोक पाण्डेय जानकारी दिनुभयो। युवाको सिर्जनशीलता र नवीन सोचलाई स्थानीय जलवायु तथा वातावरणीय समस्याको समाधानसँग जोड्दै समुदायमा प्रत्यक्ष प्रभाव पार्ने कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको समेत बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट