२०८३ श्रावण ६, बुधबार | Wed, 22, Jul, 2026

बेलौरीमा पशुरोग नियन्त्रण र अवैध ओसारपसार रोक्न समन्वय बैठक सम्पन्न


  • २०८३ अषाढ १८, बिहिबार मा प्रकाशित २ हफ्ता अघि
  • ४५४ पाठक संख्या
  • माधब पौडेल,१८असार।पशु क्वारेन्टाइन चेकपोष्ट बेलौरीको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत सीमावर्ती क्षेत्रमा पशुरोग नियन्त्रण, जैविक सुरक्षा तथा पशु एवं पशुजन्य वस्तुको सुरक्षित ओसारपसारलाई प्रभावकारी बनाउने उद्देश्यले सुरक्षा निकाय तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय बैठक बिहीबार सम्पन्न भएको छ।पशु क्वारेन्टाइन चेकपोष्ट बेलौरीका प्रमुख महादेव भट्टको अध्यक्षतामा बसेको बैठकमा बेलौरी, पुनर्वास नगरपालिका, लालझाडी र बेलडाँडी गाउँपालिकाका पशु विकास शाखा प्रमुख,उद्योग वाणिज्य संघका अध्यक्ष हीरासिंह बिष्ट, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायब निरीक्षक वीर सिंह धामी, सशस्त्र प्रहरी प्रस्तातिव गुल्मका प्रतिनिधि, सञ्चारकर्मी लगायत सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    बैठकमा सीमावर्ती क्षेत्रबाट हुने पशु तथा पशुजन्य वस्तुको आयात–निर्यातलाई कानुनसम्मत, सुरक्षित र व्यवस्थित बनाउने, पशुजन्य संक्रामक रोगको रोकथाम, जैविक सुरक्षा अभिवृद्धि, सूचना आदान–प्रदान तथा अन्तरनिकाय समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको थियो।बैठकले पशुजन्य रोगसम्बन्धी सूचना आदान–प्रदान, नमुना परीक्षण तथा आवश्यक सम्प्रेषण कार्यका लागि पशु क्वारेन्टाइन कार्यालय गड्डाचौकी र पशु रोग अन्वेषण प्रयोगशाला धनगढी, कैलालीसँग प्रभावकारी समन्वय गरी कार्य अघि बढाउने निर्णय गरेको छ।त्यसैगरी, चेकपोष्टहरूमा उपलब्ध सीमित जनशक्तिले मात्र अवैध रूपमा हुने पशु तथा पशुजन्य वस्तुको ओसारपसार नियन्त्रण गर्न कठिन हुने निष्कर्ष निकाल्दै सुरक्षा निकाय तथा अन्य सबै सरोकारवाला निकायले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग र समन्वय गर्ने निर्णय गरिएको छ।बैठकले पशु क्वारेन्टाइन चेकपोष्ट बेलौरीको कार्यक्षेत्र भित्र रहेका जोखिमयुक्त तथा अनुगमन आवश्यक नाकाहरूमा संयुक्त रूपमा क्वारेन्टाइन गस्तीलाई थप प्रभावकारी र तीव्र बनाउने निर्णय समेत गरेको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट