बेलौरी, ०९ असार।कञ्चनपुरको बेलौरीस्थित सिद्धबाबा एकेडेमीले विद्यार्थीहरूको सुरक्षा र उज्ज्वल भविष्यलाई प्राथमिकतामा राख्दै नेको इन्सुरेन्स लिमिटेड, महेन्द्रनगर शाखामार्फत आफ्ना विद्यार्थी तथा विद्यालय परिवारलाई दुर्घटना बीमा सेवामा आबद्ध गराएको जनाएको छ।

सिद्धबाबा एकेडमीका प्रिन्सिपल खडक शाहले शिक्षासँगै विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्नु विद्यालयको महत्वपूर्ण दायित्व भएको उल्लेख गर्दै विद्यालय व्यवस्थापनले कुनै पनि अप्रत्याशित दुर्घटनाबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा आर्थिक सुरक्षाका लागि बीमा सेवा छनोट गरिएको जानकारी दिनुभयो। पछिल्लो समय शैक्षिक संस्थाहरूले विद्यार्थी सुरक्षालाई उच्च प्राथमिकतामा राख्न थालेका बेला सिद्धबाबा एकेडेमीको यो पहललाई जिम्मेवार र दूरदर्शी निर्णयका रूपमा हेरिएको प्रिन्सिपल खडक शाहले जानकारी दिनुभयो।
नेको इन्स्योरेन्स लिमिटेड, महेन्द्रनगर शाखाका प्रमुख नवराज जोशीले विद्यार्थीहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै बीमा सेवामा आबद्ध हुने सिद्धबाबा एकेडेमीको निर्णय प्रशंसनीय रहेको बताउदै बीमा केवल आर्थिक सुरक्षाको माध्यम मात्र नभई भविष्यप्रतिको जिम्मेवारी र सचेतनाको प्रतीकसमेत भएको उल्लेख गर्नुभयो।नेको इन्स्योरेन्सले शिक्षा क्षेत्रसँग सहकार्य गर्दै विद्यार्थी तथा शैक्षिक संस्थाको सुरक्षाका लागि विभिन्न बीमा योजनाहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
विद्यालयले गुणस्तरीय शिक्षासँगै सुरक्षित शैक्षिक वातावरण निर्माणमा निरन्तर जोड दिँदै आएको छ। दुर्घटना बीमा सेवामा आबद्ध हुने निर्णयले विद्यार्थीहरूको हित र सुरक्षाप्रति विद्यालयको प्रतिबद्धतालाई थप स्पष्ट पारेको छ।
प्रतिक्रिया दिनुहोस