२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

विद्यालय स्तरिय क्रिकेट प्रतियोगिताको उपाधि वात्सल्य विद्या निकेतनलाई 


  • २०८३ अषाढ २, मंगलबार मा प्रकाशित १७ घण्टा अघि
  • ४० पाठक संख्या
  • बेलौरी,०२असार।कञ्चनपुर जिल्ला क्रिकेट संघद्वारा आयोजित जिल्ला विद्यालय क्रिकेट प्रतियोगिताको उपाधि बेलौरीमा रहेको वात्सल्य विद्या निकेतनले फाइनल खेलमा होली फ्यामली इङ्लिस मिडियम विद्यालयलाई ३५ रनले पराजित गर्दै उपाधि हात पारेको छ।फाइनल खेल मानव बिष्टले ६१ रन बनाउँदै खेलको उत्कृष्ट खेलाडी घोषित भए भने कप्तान हिमाल पन्तले २३ रन र २ विकेटसहित उत्कृष्ट प्रदर्शन गरेका थिए।प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका हिमाल पन्त उत्कृष्ट खेलाडी उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलर घोषित भए। उनले १७९ रन र १४ विकेट लिँदै टोलीलाई उपाधिसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।प्रतियोगितामा जिल्लाका १६ टोली सहभागी भएका थिए।

    यस सफलतासँगै वात्सल्य विद्या निकेतनको टोली प्रदेशस्तरीय प्रतियोगिताका लागि समेत छनोट भएको छ, जसले विद्यालयका खेलाडीहरूलाई थप उत्साहित बनाएको छ।प्रतियोगितामा जिल्लाका १६ टोली सहभागी रहेको प्रतियोगितामा वात्सल्यका खेलाडीहरूले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभावशाली प्रदर्शन गरेक थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट