२०८३ जेष्ठ २२, शुक्रबार | Fri, 05, Jun, 2026

बेलडाँडीमा सिकल सेल एनिमिया तथा थालासेमिया सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न


  • २०८३ जेष्ठ १९, मंगलबार मा प्रकाशित ३ दिन अघि
  • ६२ पाठक संख्या
  • माधव पौडेल, १९ जेष्ठ।कञ्चनपुरको बेलडाँडी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सिकल सेल एनिमिया तथा थालासेमिया (हेमोग्लोबिनोप्याथी) सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ।

    कार्यक्रमको अध्यक्षता बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश्चन्द्र राना, अतिथिमा प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण विक, वडाध्यक्ष,वडा सचिव,स्वास्थ्यकर्मी, बडघर–भलमन्सा तथा स्थानीय सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रमको अभिमुखिकरण स्वास्थ्य शाखा प्रमुख अरविन्द शाहीले सिकल सेल एनिमिया र थालासेमिया वंशाणुगत रक्तरोग भएको बताउँदै यी रोगका कारण शरीरमा अक्सिजन प्रवाह गर्ने रातो रक्तकोषिका प्रभावित हुने भएकाले बिरामीमा रक्तअल्पता, शारीरिक कमजोरी, थकान, विभिन्न अंगमा समस्या तथा जटिल स्वास्थ्य अवस्था देखिन सक्छ। समयमै परीक्षण र परामर्श नलिँदा रोगले गम्भीर रूप लिन सकिने बताउनुभयो।कार्यक्रममा रोगको पहिचान, जोखिम, रोकथाम तथा व्यवस्थापनका उपायबारे जानकारी दिइएको थियो। विशेषगरी विवाहअघि र गर्भावस्थामा रक्त परीक्षण गर्ने, रोगबारे परिवार तथा समुदायमा जनचेतना फैलाउने तथा नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिनुपर्ने विषयमा जोड दिइएको थियो। साथै, रोगको समयमै पहिचान भएमा उपचार तथा व्यवस्थापनमार्फत बिरामीले सामान्य जीवनयापन गर्न सक्ने जानकारी दिइएको थियो।

    गाउँपालिका अध्यक्ष रानाले यस्ता स्वास्थ्य सचेतनामूलक कार्यक्रमले समुदायमा रोगबारे सही जानकारी पुग्नुका साथै समयमै परीक्षण र उपचारतर्फ नागरिकलाई प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट