बेलौरी,०७ जेष्ठ। कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा रहेको जनज्योति माध्यमिक विद्यालय कलकत्तामा बिहीबार सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा विवेक प्रसाद लम्साललाई सर्वसम्मत रूपमा चयन गरेको छ।

विद्यालयको शैक्षिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजना गरिएको उक्त अभिभावक भेलामा उपस्थित अभिभावक, शिक्षक तथा सरोकारवालाबीच छलफलपछि नयाँ समिति चयन प्रक्रिया अगाडि बढाइएको थियो।
त्यसैगरी सदस्य रवीन्द्र ठगुन्ना,लक्ष्मी चौधरी र अनिता चौधरी, पदेन् सदस्य बेलौरी नगरपालिका वडा नम्बर ८का वडाध्यक्ष बिशराम राना,शिक्षक प्रतिनिधिमा दिपेन्द्र राय तथा सदस्य–सचिव टेकराज अवस्थीलाई चयन गरेको छ।
प्रतिक्रिया दिनुहोस