धनगढी, ०४ जेष्ठ। सुदूरपश्चिमका विद्यार्थीलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिका–१, एल.एन. चोकमा खुसी सुदूरपश्चिम शैक्षिक परामर्श केन्द्र सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कार्यक्रमको अध्यक्षता खुसी सुदूरपश्चिम शैक्षिक परामर्श केन्द्रका सञ्चालक कृष्ण कुमार रोकाया, प्रमुख अतिथि उद्योग बाणिज्य संघ सुदुर पश्चिम प्रदेशका अध्यक्ष पुष्प कुँवर लगायतको उपस्थिति रहेको थियो।
सोमबार आयोजित उद्घाटन कार्यक्रममा पुष्प कुँवरले विदेश अध्ययनमा जाने विद्यार्थीलाई सही मार्गदर्शन आवश्यक रहेको उल्लेख गर्दै गुणस्तरीय परामर्श सेवामा जोड दिँदै यस्ता संस्थाले विद्यार्थीलाई भ्रमबाट बचाउँदै सही निर्णय लिन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
खुसी सुदूरपश्चिम शैक्षिक परामर्श केन्द्रका सञ्चालक कृष्ण कुमार रोकायाका अनुसार सुदूरपश्चिममै बसेर अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउने लक्ष्यका साथ संस्था सञ्चालनमा ल्याइएको बताउँदै विद्यार्थीले काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य गर्दै आफ्नै प्रदेशबाट भरपर्दो सेवा दिने हाम्रो उद्देश्य रहेको बताउनुभयो।
संस्थाले हाल जापान अध्ययनका लागि अक्टोबर २०२६ सत्रको आवेदन खुला गरिसकेको जनाएको छ। न्यूनतम २.० जिपिए भएका विद्यार्थीले आवेदन दिन सक्नेछन् भने अध्ययन ग्याब भएका विद्यार्थीलाई समेत अवसर प्रदान गर्ने जनाएको छ।जापान अध्ययनका लागि JLPT, NAT Test, JFT-Basic वा कम्तीमा १५० देखि २०० घण्टासम्मको जापानी भाषा अध्ययन प्रमाणपत्रलाई मान्यता दिइने केन्द्रले जनाएको छ। यस परामर्श केन्द्रले सुदूरपश्चिमका विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षातर्फ मार्गदर्शन गर्दै क्षेत्रीय स्तरमै शैक्षिक अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस