धनगढी,२९ वैशाख। कैलालीको धनगढीमा रहेको चैतन्य पाठशालाले गुणस्तरीय शिक्षा र आधुनिक शैक्षिक वातावरणका लागि एसईई परीक्षामा उर्तीण भएका प्रतिभाशाली तथा जेहेन्दार विद्यार्थीहरूका लागि कक्षा ११ मा आकर्षक छात्रवृत्ति योजना सार्वजनिक गरेको छ ।
मङ्गलबार पत्रकार सम्मेलन गर्दै चैतन्य पाठशालाका सिइओ गणेश प्रसाद जोशीले विद्यालयले सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै यस वर्ष पनि विभिन्न क्षेत्रमा उत्कृष्ट क्षमता भएका विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमार्फत प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा उत्कृष्ट हुने २५ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने बताउनु भएको छ।साथै सुदूरपश्चिम प्रदेशका प्रत्येक जिल्लाबाट २/२ जना विद्यार्थीलाई समेत पूर्ण छात्रवृत्तिमा अध्ययन गराइने व्यवस्था गरिएको समेत जनाएको छ।त्यस्तै, अपी एजुकेशन प्रोजेक्ट अन्तर्गत व्यवस्थापन संकायमा १ जना छात्र र १ जना छात्रालाई आवासीय सुविधासहित पूर्ण छात्रवृत्ति उपलब्ध गराइने जनाएको छ।
विद्यालयमा विज्ञान, व्यवस्थापन, कम्प्युटर तथा होटल व्यवस्थापन संकायमा अध्ययनको अवसर उपलब्ध रहेको छ । छात्रवृत्ति वितरण एसईई नतिजा, प्रवेश परीक्षा र अन्तर्वार्ताको आधारमा गरिने बताइएको छ।विद्यालयले केवल शैक्षिक उपलब्धिलाई मात्र नभई खेलकुद, विज्ञान तथा गणित प्रतियोगिता, संगीत, नृत्य, कला, वक्तृत्वकला, नेतृत्व विकास तथा उद्यमशीलतामा सक्रिय र उत्कृष्ट विद्यार्थीलाई विशेष प्राथमिकता दिने जनाएको छ ।
विद्यालयले छात्रवृत्ति आवेदनका लागि आवश्यक कागजातहरू अनिवार्य रूपमा पेश गर्नुपर्ने जनाएको छ। आवेदकहरूले निवेदन पत्र, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, एसईई नतिजा तथा मार्कशीट (उपलब्ध भएमा), सम्बन्धित वर्ग खुल्ने प्रमाणपत्र र दुई प्रति पासपोर्ट साइज फोटो सहित आवेदन बुझाउनुपर्ने विद्यालयले जनाएको छ।
आधुनिक शैक्षिक पूर्वाधार, अनुभवी शिक्षक टोली र विद्यार्थीमैत्री वातावरणका कारण चैतन्य पाठशाला पछिल्ला वर्षहरूमा विद्यार्थी तथा अभिभावकमाझ आकर्षणको केन्द्र बन्दै गएको छ।विद्यालयमा स्मार्ट बोर्डसहितका वातानुकूलित कक्षाकोठा,अत्याधुनिक कम्प्युटर प्रयोगशाला, जीवविज्ञान, भौतिकशास्त्र तथा रसायनशास्त्र प्रयोगशाला, जीवन उपयोगी सीप प्रयोगशाला, स्विमिङ पूल, स्केटिङ पार्क, फुटसल मैदान लगायतका सुविधा उपलब्ध छन्।विद्यालयका अनुसार छात्रवृत्ति आवेदन फारम वितरण यही वैशाख २९ गतेदेखि जेठ ८ गते सम्म दिन सकिने छ। छात्रवृत्ति परीक्षा यही जेठ ९ गते बिहान ११ बजे सञ्चालन हुने विद्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस