बेलौरी, २४ वैशाख।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. २ मा आगामी आइतबार केयरटेकर हस्पिटल प्रा.लि. धनगढी उपमहानगरपालिका वडा नम्बर ३ कैलालीको आयोजना तथा बेलौरी नगरपालिका वडा नं. २ को समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो।
स्थानीय नागरिकलाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविर यही वैशाख २७ गते आइतबार बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म वडा कार्यालय परिसरमा सञ्चालन हुनेछ।शिविरमा जनरल फिजिसियन तथा स्त्री रोग विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक सुझाव प्रदान गरिने बेलौरी नगरपालिका वडा नम्बर २का वडाध्यक्ष कलबिर चौधरीले जानकारी दिनुभयो। शिविरमा विशेषगरी महिला स्वास्थ्य, सामान्य रोग परीक्षण तथा स्वास्थ्य सचेतनामूलक सेवा उपलब्ध गराइने बताइएको छ।वडा कार्यालयले सबै स्थानीय बासिन्दालाई अवसरको सदुपयोग गर्दै शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस