२०८३ जेष्ठ १०, आईतबार | Sun, 24, May, 2026

बेलौरी: पुस्पलाल स्मृति सामुदायिक वनद्वारा उपभोक्तालाई अनुदानमा धान बीउ वितरण


  • २०८३ बैशाख २२, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • १९७ पाठक संख्या
  • माधब पौडेल, २२ वैशाख ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको पुस्पलाल स्मृति सामुदायिक वन उपभोक्ता समूहले कृषकलाई लक्षित गर्दै धानको बीउ वितरण कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमअन्तर्गत १९६ जना भन्दा बढी उपभोक्ता सदस्यहरुलाई वितरण गरेको छ।

    समूहका अध्यक्ष बिन्तुराम चौधरीका अनुसार कृषकलाई ५० प्रतिशत अनुदानमा हजारी, राधा–४, सर्जु जी–टेन तथा सिल्की जातका उन्नत धानका बीउ वितरण गरिएको बताउँदै कृषकको उत्पादन बढाउने र आधुनिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बीउ वितरण गरिएको बताउनुभयो।स्थानीय कृषकले अनुदानमा गुणस्तरीय बीउ पाएपछि यस वर्ष धान उत्पादन वृद्धि हुने अपेक्षा गरिएको छ। समूहले आगामी दिनमा पनि कृषकलाई आवश्यक सहयोग तथा तालिम प्रदान गर्ने योजना रहेको जनाएको छ। पुस्पलाल स्मृति सामुदायिक वन उपभोक्ता समूहमा ३ सय ६ घरधुरी रहेको छन्। समूहले यसअघि शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा, उपभोक्ताका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरिएको समेत अध्यक्ष बिन्तुराम चौधरीले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट