२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

शहीद दशरथ पुस्तकालयको ४६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय शहीद दिवस 


  • २०८२ माघ १६, शुक्रबार मा प्रकाशित २ महिना अघि
  • ३०३ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १६ माघ । कञ्चनपुरको बेलौरीमा रहेको श्री शहीद दशरथ पुस्तकालयको ४६ औँ वार्षिकोत्सव तथा राष्ट्रिय शहीद दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । “सबल समाजको आधार, पुस्तकालयको विकास” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवानसिंह बिष्ट लगायतका गन्यमान्य व्यक्तिहरूले शहीदहरूको तस्बिरमा माल्यार्पण गरी श्रद्धा सुमन व्यक्त गर्नुभएको छ ।पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष मधु विलास ढुङ्गानाका अनुसार कार्यक्रममा शहीदप्रति सम्मान प्रकट गर्दै पुस्तकालयको भूमिका र समाजमा यसको महत्वबारे समेत चर्चा गरिएको थियो । कार्यक्रममा अमर शहीद दशरथ चन्दको स्मृतिमा वि.सं. २०३६ सालमा पुस्तकालय स्थापना गरिएको संस्थापक सदस्य हर्क सिंह कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार पुस्तकालयले विगत ४६ वर्षदेखि बेलौरी क्षेत्रका विद्यार्थी, शिक्षक तथा सर्वसाधारणलाई ज्ञान, सूचना र अध्ययनको अवसर प्रदान गर्दै आएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट