२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

पुनर्वासको खप्तड ईङलिस स्कुलले प्रथम गोल्डकप पेनाल्टी सुटआउट प्रतियोगिता आयोजना गर्दै 


  • २०८२ माघ १३, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • ३९० पाठक संख्या
  • धनबहादुर बिक,१३ माघ।कञ्चनपुरको पुनर्वास नगरपालिका ६ मा रहेको खप्तड ईङ्गलिस बोर्डिङ स्कुलले प्रथम गोल्ड कप पेनाल्टी सुट आउट फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

    बिद्यालयले यही माघ १६ गते प्रथम गोल्ड कप निजी विद्यालय स्तरीय पेनाल्टी शूट आउट फूटबल गर्ने भएको हो।प्रतियोगिता २०८२ माघ १६ गते विहान ९:३० बजे देखी सञ्चालन हुने बिद्यालयले जनाएको छ।

    बिद्यालयको आफ्नै खेलमैदानमा आयोजना हुन लागेको प्रथम सुटआउट फुटबल प्रतियोगितामा आधारभुत तह कक्षा ८ सम्म का छात्र सहभागी हुन पाउने जनाईएको छ भने प्रथम हुने सहभागी टिमले नगद १५ हजार साथमा ट्रफी, द्वितिय हुनेले नगद १० हजार र ट्रफी प्राप्त गर्नेछन। त्यस्तै उत्कृष्ट गोल रक्षकलाई नगद १००० तथा सर्वाधिक गोलकर्तालाई १००० नगद सहित मेडल प्रदान गरिने आयोजक बिद्यालयले जनाएको छ ।

    समुह चरण लिगको आधारमा र दोस्रो चरणबाट नकाउटको आधारमा खेलाईने उक्त फुटबल प्रतियोगितामा खेलाडी संख्या ६ जना रहनुपर्ने जनाईएको छ भने प्रतियोगिता फिफा ए. एफ.सि. र एन्फा को नियम अनुसार खेलाईने भएको छ।

    बिद्यालयको बार्षिक कार्यक्रम अनुसार उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको बिद्यालयका प्रिन्सिपल अमित रोकायाले बताएका छन।शारीरिक विकास ,मानसिक विकास साथै विद्यार्थीलाई अनुशासित बनाउन टेवा पुग्ने र समग्रमा भन्नुपर्दा,खेल तथा प्रतियोगिताले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले उक्त प्रतियोगिता गर्न लागिएको प्रिन्सिपल रोकायाले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट