धनबहादुर बिक,पुनर्वास ०५ माघ।जिल्लाको दक्षिणी क्षेत्र पुनर्वासमा माघ २२ गतेदेखि फागुन ३ गतेसम्म दोस्रो बृहत”हाम्रो पुनर्वास राम्रो पुनर्वास” भन्ने मुल नारा सहित पुनर्वास उधोग वाणिज्य संघको आयोजनामा पुनर्वासको ६५ बिगाह क्षेत्रमा महोत्सवको आयोजना हुन लागेको हो।
सोमबार पुनर्वास उधोग वाणिज्य संघको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले महोत्सवको बिषयमा विस्तृत जानकारी गराएको छ ।
पुनर्वासको पर्यटन विकास,धार्मिक तथा आर्थिक समृद्धिका निम्ति तथा पूर्वाधार विकासका लागि पुनर्वासमा सांस्कृतिक महोत्सव को आयोजना गर्न लागेको पुनर्वास उधोग वाणिाज्य संघका अध्यक्ष राजकुमार रायमाझीले जानकारी दिनुभयो।यस क्षेत्रको प्रमुख पर्यटकीय क्षेत्र पुनर्वास ९ को प्याराताल , पुनर्वास ४ मा रहेको धार्मिक मन्दिर कोटिहोम,पुनर्वास ८ मा रहेको श्रीनिवास दिव्यधाम,पुनर्वास १ मा रहेको थारू संघ्रालय , विभिन्न धार्मिक मठ मन्दिर,चर्च,गुम्बा लगायत पुनर्वासको पहिचान झल्काउने तथा विभिन्न भेषभुषा सहितको बिषय हरू महोत्सवमा प्रस्तुत गरिने अध्यक्ष रायमाझीले बताउनुभयो।

४० देखि ४५ लाख रकम खर्च लाग्ने अनुमान गरिएको महोत्सवको मुख्य आयश्रोत टिकट बिक्री,स्टल बाट उठ्ने रकम र व्यापारीक बिज्ञापन रहनेछ भने महोत्सव सञ्चालनका निमित्त मुख्य प्रबर्द्धन का लागि पुनर्वास नगरपालिकाले समेत आर्थिक व्यवस्थापन गर्ने अध्यक्ष रायमाझीले बताउनुभयो।
१२० देखि १५० वटा सम्म स्टलको व्यवस्थापन गरिने पनि आयोजकले जनाएको छ ।महोत्सव सञ्चालनका लागि पुर्व अनुभव नभएपनि अन्य शहरहरूमा महोत्सव सञ्चालन गर्दै आएका विभिन्न व्यक्ति तथा संघसंस्था संग समन्वय गरि पुनर्वासमा आयोजना हुन लागेको महोत्सवलाई सभ्य र भब्य संग सफल गराईने संघका निवर्तमान अध्यक्ष कृष्णबहादुर तामाङले बताउनुभयो।यद्यपि स्टल बिक्री दरमा अन्य क्षेत्र को महोत्सव भन्दा केही कम शुल्क लगाईने तथा स्थानीय कृषि प्रबर्द्धन लाई टेवा दिने उदेश्य ले स्थानीय कृषकले उत्पादन गरेको उत्पादक लाई प्रोत्साहन गर्ने उदेश्य ले निशुल्क स्टलको व्यवस्था समेत मिलाईने तामाङले बताउनुभयो।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष भरतबहादुर बिष्टले पुनर्वास मा उधोग वाणिाज्य संघको भुमिका को बिषयमा चर्चा गर्दै , विगतमा संघले पुनर्वासको हरेक गतिविधिमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको थियो तर पछिल्लो समय स्थानीय सरकार स्थापना पश्च्यात संघलाई भुमिकाविहिन बनाई,सोही बिषयलाई मध्येनजर गरि पुनर्वासको पहिचान र पुनर्वासको समग्र विकासका निमित्त महोत्सवको आयोजना गर्न लागेको बिष्टले बताउनुभयो।
यो महोत्सवले पुनर्वासलाई राष्ट्रिय अन्तर्राष्ट्रियस्तर सम्म परिचित गराउने विश्वास लिएको पनि बिष्टले जोड दिनुभयो।करिब ११ दिनसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय कलाकार संगै चर्चित राष्ट्रिय कलाकार हरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएका छन।२०६७ सालमा पुनर्वासमा पहिलो महोत्सव भएको थियो भने करिब १५ बर्षपछि दोस्रो पटक महोत्सव हुने खबरले पुनर्वासी हरू हर्षित भएका छन ।
प्रतिक्रिया दिनुहोस