२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

कञ्चनपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनका लागि बेलौरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


  • २०८२ माघ २, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • ५०२ पाठक संख्या
  • माधब पौडेल,०२ माघ।आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा शुक्रबार बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित सभाहलमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का लागि निर्वाचन अधिकृतका रूपमा सर्वोच्च अदालतबाट दामोदर घिमिरे खटिनु भएको छ।निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै निर्वाचन सम्बन्धी सम्पूर्ण प्रशासनिक, कानुनी तथा व्यवस्थापनका कार्यहरू औपचारिक रूपमा सुरु गरिएको समेत निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो।कार्यालय स्थापना भएपछि उम्मेदवारी दर्ता,निर्वाचन आचारसंहिता कार्यान्वयन, गुनासो सुनुवाइ तथा निर्वाचन व्यवस्थापनका विविध गतिविधिहरू सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाएको छ।

    निर्वाचन अधिकृत कार्यालय स्थापनाका लागि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरीशचन्द्र जोशी, बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी,सुरक्षाकर्मी लागायत स्थानिय सञ्चारकर्मीको सहभागिता रहेको थियो।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट