धनबहादुर बिक,पुनर्वास ०१ माघ।पुनर्वास नगरपालिका १ बलभद्र बस्ति स्थित जनशक्ती आधारभुत बिद्यालयमा अध्ययनरत २७ जना बालबालिकालाई बुधबार न्यानो लुगा वितरण गरिएको छ ।

बिद्यालयमा स्थापना गरिएको अक्षयकोष रकमको ब्याजबाट बिद्यालयमा अध्यनरत गरिब विपन्न तथा जेहेन्दार २७ जना बालबालिकालाई एक कार्यक्रमको आयोजना गरि न्यानलुगा वितरण गरिएको हो ।
बिद्यालयमा स्थापना गरिएको १ लाख ६७ हजार २६२ रुपैयाँको ब्याज रकमबाट बिद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्मका अति विपन्न तथा जेहन्दार बिध्यार्थिहरूलाई न्यानो लुगा वितरण गरिएको बिद्याका प्रधानाध्यापक शमशेर बहादुर तामाङले बताउनुभयो।
बिद्यालयका गरिब विपन्न बालबालिकालाई अध्ययनका लागि सहज होस भन्ने उदेश्यले बिद्यालयउनुका पुर्व प्र अ टेकबहादुर विश्वकर्माले स्वर्गीय बुवा आमा मुण्डाराज भिमकुमारी विश्वकर्मा स्मृति अक्षयकोष रकम रू १ लाख १ हजार १११ , त्यसैगरी पुनर्वास नगरपालिका ६ निवासी तथा रोजगारीको सिलसिलामा हाल अमेरिकामा बस्दै आएका शिव बिष्टले शिव गोमा अक्षयकोष वापत ५१ हजार १५१ एबं पुनर्वास नगरपालिका ६ प्रतिभानगर का व्यवसायी जयदेब भट्टले स्थापना गरेको चन्द्रदेब भट्ट स्मृति अक्षयकोष रकम रू १५ हजार गरि १ लाख ६७ हजार २६२ ब्याज रकमको १३ हजार ८३० रकमले उक्त न्यानो लुगा वितरण गरिएको प्र अ तामाङले बताउनुभयो ।
बिद्यालयका गरिब तथा जेहेन्दार बालबालिकालाई न्यानो लुगा वितरण गर्न पाउदा खुसि लागेको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष शुक बहादुर तामाङले बताउनुभयो।बिद्यालय व्यवस्थापन समिति अध्यक्ष सुक बहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन शिक्षक लालबहादुर मगरले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस