२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

निड्स नेपाल र बेलौरी नगरपालिकाको साझेदारीमा सुरक्षित आवास परियोजना अन्तर्गत २९ आवास हस्तान्तरण  


  • २०८२ पौष २५, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • ४२८ पाठक संख्या
  • माधब पौडेल,२५ पौष।कञ्चनपुरको बेलौरी नगरपालिका, हयाबिट्याट नेपाल र निड्स नेपालको त्रिपक्षिय सम्झौता, अनुसार विपन्न घर परिवारलाई बेलौरी नगरपालिका वडा नम्बर ५ मा शोभाताल नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समिति मार्फत १४ वटा,बेलौरी नगरपालिका वडा नम्बर ६ मा पर्साताल नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समिती मार्फत ५ वटा, बेलौरी नगरपालिका वडा नम्बर ७ मा सिद्धबाबा नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समिति मार्फत ५ र बेलौरी नगरपालिका वडा नम्बर ८ मा रामपुर नगरप्रमुख सुरक्षित आवास निर्माण उपभोक्ता समिति मार्फत ५ वटा गरी जम्मा २९ घरपरिवारको लागी सुरक्षित आवास निर्माण सम्पन्न पश्चात शुक्रबार घरधनीलाइ नै आवास हस्तान्तरण गरिएको छ।

    हस्तान्तरण कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरी,प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतीलाल चौधरी, विशिष्ट अतिथि बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी अतिथीहरुमा बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी,बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा, निड्स नेपालका सचिव टिका क्षेत्री, साझेदार संस्था हयाबिट्याट नेपालका प्रतिनिधि पुनिता चौधरी, निड्स नेपालका कार्यकारी निर्देशक भवराज रेग्मी लगायत सम्पुर्ण लाभग्राहीहरुको उपस्थिती रहेको थियो।कार्यक्रममा बोल्दै निड्स नेपालको सचिव टिका क्षेत्रीले स्थानीय सरकारसँगको सहकार्य प्रभावकारी भएको बताउँदै, नगरपालिकाको समन्वय र समुदायको सहभागिताले परियोजना सफल भएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई अगाडि बढाउनुपर्नेमा जोड् दिनुभयो।कार्यक्रममा बोल्दै नगर उपप्रमुख जोगराम चौधरीले निड्स नेपाल र हयाबिटयाट फर ह्युम्यानिटी नेपालको सहकार्य तथा बेलौरी नगरपालिकाको साझेदारीमा सञ्चालन गरिएको सुरक्षित आवास परियोजनाले विपद्का बेला कमजोर संरचनाका घरले ठूलो क्षति पुर्‍याउने भएकाले विपद् प्रतिरोधी घरले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा बोल्दै निड्स नेपालका कार्यकारी निर्देशक रेग्मीले विकास–निर्माणका क्षेत्रमा बेलौरी नगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै योजनाको सफल कार्यान्वयनका लागि पालिकाबाट प्राप्त निरन्तर सहयोग अपेक्षा सहित सहकार्य गर्ने बताउनुभयो।कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले पालिका भित्र रहेका गरीब अति विपन्न परिवारका लागि प्रत्येक वडामा छनौट गरी गत वर्ष बेलौरी नगरपालिका वडा नम्बर ९ मा १० र १० मा ५ वटा गरी १५ घर निर्माण गरेर हस्तान्तरण गरिएको र यस वर्षपनि कार्यक्रमलाई निरन्तरता दिएर यस आर्थिक वर्षमा बेलौरी नगरपालिका वडा नम्बर ५,६,७ र ८ गरी २९ वटा सुरक्षित आवास निर्माण गरी हस्तान्तरण गर्न पाउँदा आफू अत्यन्तै खुसी रहेको बताउँदै विकास निर्माणका काम सफल बनाउन सबैको साझा प्रयास आवश्यक रहेको धारणा राख्दै उहाँले कार्यान्वयनका क्रममा देखिने कमीकमजोरी सुधारका लागि सुझाव दिन सबैसँग आग्रह समेत गर्नुभयो। घरहरु निर्माणका लागी बेलौरी नगरपालिकाको तर्फबाट प्रति घर २ लाख ५० हजार र साझेदार संस्था निड्स नेपालको तर्फबाट २ लाख ५० हजारमा निर्माण कार्य सम्पन्न भएको सुरक्षित आवास परियोजनाको कार्यक्रम संयोजक सरस्वती पुरीले गर्नुभएको थियो।कार्यक्रमको सहजीकरण बेलौरी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य कृपाराम चौधरीले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट