२०८३ जेष्ठ ५, मंगलबार | Tue, 19, May, 2026

निड्स नेपालको आयोजनामा विपद् अग्रिम कार्यमा महिला तथा किशोरीको अर्थपूर्ण सहभागिता सम्बन्धी गोष्ठी सम्पन्न 


  • २०८२ पौष १६, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ४९४ पाठक संख्या
  • बेलौरी,१६पौष। कञ्चनपुरको बेलौरी नगरपालिकामा निड्स नेपालको आयोजना मानवीय सहायता साझेदारी मञ्चको आर्थिक सहयोगमा”अग्रिम कार्यका क्षेत्रमा”(Anticipatory Action)महिला तथा किशोरीहरूको अर्थपूर्ण सहभागिताको लेखाजोखा तथा समीक्षा सम्बन्धी गोष्ठी बुधबार सम्पन्न भएको छ।महिला तथा किशोरीहरूको विपद् पूर्व तयारी तथा पूर्व सूचना प्रणाली सम्बन्धी कार्यमा अर्थपूर्ण सहभागिताको लेखाजोखा तथा परियोजनाको पहिचान गोष्ठीमा विपद् आउनुअघि जोखिम पहिचान पूर्व सूचना प्रणालीको प्रभावकारी उपयोग समुदायस्तरको तयारी तथा विपद् व्यवस्थापन प्रक्रियामा महिला तथा किशोरीको सक्रिय भूमिकाबारे पूर्व तयारीका उपायबारे निड्स नेपालका परियोजना संयोजक प्रेमबहादुर विकले जानकारी गराउनु भएको थियो।। गोष्ठीमा विपद् पूर्वानुमान,समयमै सूचना प्रवाह,विपद् प्रभावित स्थानमा राहतका सामाग्री वितरण तथा स्थानीय तहको समन्वयमा महिला र किशोरीलाई नेतृत्वदायी भूमिकाको विषयमा छलफल गरिएको थियो।यो कार्यक्रम कैलाली कञ्चनपुर र बर्दियामा समेत सञ्चालनमा रहेको छ।गोष्ठीमा बेलौरी नगरपालिकाका नगर उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख जोगराम चौधरी, प्रमुख प्रशासकीय अधिकृत रमेशबहादुर बुढाथोकी, वडा नं. १ देखि १० सम्मका वडाध्यक्ष, कार्यपालिका सदस्य, नगरपालिकाका विभिन्न शाखामा कार्यरत शाखा प्रमुख लगायतको उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट