२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

नेपाली कम्युनिष्ट पार्टी कञ्चनपुरले गर्यो उम्मेदवार सिफारिस  


  • २०८२ पौष १६, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ३४५ पाठक संख्या
  • कञ्चनपुर, १६पौष।नेपाली कम्युनिष्ट पार्टी (नेकपा)कञ्चनपुरले उम्मेदवार सिफारिस गरेको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि जिल्लाका तीनै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।

    नेकपा कञ्चनपुरको क्षेत्र नम्बर १ बाट बीना मगर, लोकेन्द्र प्रशाद लम्साल, झत्त बहादुर अधिकारी, जिवनराज थापा, तिलक भट्ट, दिपक बिसी, मदनसेन बडायक, कृष्णराज गिरी क्षेत्र नम्बर २ बाट लाल बहादुर खडका, महेराज जोशी, जयराज पाण्डेय, हरिस ठकुल्ला(कमल क्षेत्री), माधव प्रशाद पन्त, दुर्गा जोशी(भट्ट), तोयराज जोशी र क्षेत्र नम्बर ३ बाट मान बहादुर सुनार, हरक सिह धामी, दिपक सिह साउद, खेम भण्डारी, राजिव दमाईलाई सिफारिस गरेको जनाएको छ।प्रत्यक्ष अघि नेकपाले विभिन्न कलष्टरबाट समानुपातिक उम्मेदवार सिफारिस गरेको थियो ।

    आदिवासी जनजातिबाट देवीलाल चौधरी, बीर बहादुर बुढाथोकी, रामऔवतार राना, नन्द कुमार राना, महिलाबाट माया नेगी, निराशा चौधरी, हिरा भण्डारी, निरुदेवी कामि, दलितबाट प्रताप तिरुवा, पदम राना(वादी) सहित रुप बहादुर शाही, लक्ष्मण कुमाललाई सिफारिस गरेको थियो । नेकपाले अहिले जेनजी युवा पुस्ता, महिला, सहिद परिवारदेखि विगतमा सांसद,मन्त्री भईसकेका सबैलाई समेटेर उम्मेदवार सिफारिस गरेको दावि गरेको छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट