२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

निड्स नेपालको आयोजनामा कृषि उत्पादन र बजारीकरणमा पालिका स्तरीय पैरवी कार्यक्रम सम्पन्न


  • बेलौरी अनलाईन
  • २०८२ पौष ८, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ५९७ पाठक संख्या
  •  

    माधव पौडेल,०८ पौष। कंचनपुरको बेलौरीमा निड्स नेपालको आयोजनामा तथा BMZ/KKS जर्मनीको सहयोगमा कृषि उत्पादन र बजारीकरण सम्बन्धी पालिका स्तरीय पैरवी कार्यक्रम मंगलबार बेलौरीमा सम्पन्न भएको छ।कार्यक्रममा निड्स नेपालका परियोजना संयोजक प्रेम बहादुर विकले स्थानीय कृषक तथा सरोकारवाला लाई कृषि उत्पादन बढाउने आधुनिक खेती प्रणाली, उन्नत बीउबिजनको प्रयोग, लागत घटाउने उपाय, कृषि उपजको प्रशोधन तथा मूल्य अभिवृद्धि,गोठेमल बनाउने तरिका, बेमौसमी तरकारी खेती गर्दा सिँचाइ अभाव,समूहमार्फत बजारीकरण, साथै स्थानीय तहसँग समन्वय गर्दै नीतिगत पैरवी गर्ने विषयमा विस्तृत जानकारी दिनु भएको थियो।निड्स नेपालले बेलौरी नगरपालिका वडा नम्बर ५ र ९ लाई कार्यक्षेत्र बनाई कृषक सशक्तीकरणका गराई आम्दानी बृद्धि गर्नका लागि विभिन्न कृयाकलापहरु कार्यान्वयन गर्दै आइरहेको छ। सोही सन्दर्भमा आयोजित कार्यक्रममा लक्षित समुदायका प्रतिनिधि, सम्बन्धित वडाध्यक्ष, जनप्रतिनिधि, बेलौरी नगरपालिका कृषि शाखा तथा विपद् व्यवस्थापन शाखाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमले स्थानीय कृषि उत्पादनलाई व्यवसायिक बनाउँदै कृषकको आयस्तर वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट