२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

बेलौरी:रामनगर सामुदायिक वन उपभोक्ता समूहको १९ औं साधारण सभा सम्पन्न 


  • २०८२ मंसिर २९, सोमबार मा प्रकाशित ५ महिना अघि
  • ७३२ पाठक संख्या
  • माधब पौडेल,२९ मङ्सिर कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको रामनगर सामुदायिक वन उपभोक्ता समूहको १९ औं साधारण सभा सोमबार सम्पन्न भएको छ।कार्यक्रको सभापति रामनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपा चौधरी, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रवक्ता एवं कार्यवाहक नगर प्रमुख हर्क बहादुर भूल, विशिष्ट अतिथि कुण्डा सब डिभिजन वन कार्यालयका प्रमुख दिनेश कुमार यादव, अतिथिमा पुष्पलाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विन्तु चौधरी, गोरखनाथ सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि विष्णु चौधरी, पारिजात वन उपभोक्ता समूहका सचिव सरला हमाल, रामघाट सामुदायिक वन उपभोक्ता समूहका सचिव धना ठगुन्ना, जननमुना माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमर चौधरी, रामनगर सामुदायिक वन उपभोक्ता समूहका निवर्तमान अध्यक्ष छेदीलाल चौधरी,बेवरी सहरी स्वास्थ्य केन्द्रका उपाध्यक्ष राजु बहादुर कुँवर लगायत उपभोक्ताको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य रामनगर सामुदायिक वन उपभोक्ता समूहका सहसचिव रामकिशन चौधरीले राख्नुभएको थियो।साधारण सभामा संस्थाको कार्य प्रगति,आगामी वर्षको अनुमानित कुल आय विवरण कार्यक्रमका सभापति एवं रामनगर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपा चौधरीले प्रस्तुतिकरण गर्नुभएको थियो। आर्थिक वर्ष २०८२/०८३ को १ करोड ७९ लाख ९९ हजार ९ सय ३६ रुपैयाँ ८० पैसा बराबरको अनुमानित आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो। आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन रामनगर सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष मिना चौधरीले ३० लाख १४ हजार ३१ रुपैयाँ ९४पैसा बराबरको आय व्यय विवरण प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा बोल्दै विशिष्ट अतिथि कुण्डा सब डिभिजन वन कार्यालयका कार्यालय प्रमुख दिनेश कुमार यादवले १९औं साधारण सभाको शुभकामना व्यक्त गर्दै रामनगर सामुदायिक वन उपभोक्ता समूह बेलौरीकै अगुवाको रुपमा रहेको बताउँदै वन्यजन्तुका कारण बन क्षेत्रमा हुने हरेक घट्नालाई स्थानिय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नगर प्रवक्ता एवं कार्यवाहक नगर प्रमुख हर्क बहादुर भूलले पछिल्लो समय वन्यजन्तुका कारण बन क्षेत्र र आसपासका बस्तीमा बढ्दै गएका क्षति तथा घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै जनजीवन र सुरक्षासँग जोडिएको यस संवेदनशील विषयलाई नगरपालिकाको उच्च प्राथमिकतामा राख्दै समाधानका उपायसहित नगर कार्यपालिकाको बैठकमा छलफलका लागि लैजाने प्रतिबद्धता जनाउनुभयो। साथै स्थानीय समुदाय, सामुदायिक वन उपभोक्ता समूह र सम्बन्धित निकायसँग समन्वय गरी दीगो र व्यवहारिक समाधान खोजिने बताउनुभयो।कार्यक्रमको समापनमा बोल्दै कार्यक्रमका सभापति रामनगर सामुदायिक वन उपभोक्ता समूहकी अध्यक्ष दीपा चौधरीले १९औं साधारण सभाको उपस्थिति हुनुभएका सम्पूर्ण अतिथि, तथा सरोकारवाला निकायलाई धन्यवाद ग्यापन गर्दै सामुदायिक वन संरक्षण र व्यवस्थापनमा उपभोक्ताको एकता, सहभागिता र जिम्मेवारी अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा वन संरक्षणसँगै स्थानीयको जीविकोपार्जन सुधारतर्फ समूह अझ सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सहजीकरण रामनगर सामुदायिक वन उपभोक्ता समूहका सचिव लाल बहादुर चौधरीले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट