२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

पुनर्वास: युगज्योति एकेडेमी बिद्यालयका ५६ बालबालिकालाई न्यानो लुगा वितरण 


  • २०८२ मंसिर २८, आईतबार मा प्रकाशित १ महिना अघि
  • ३१६ पाठक संख्या
  • धनबहादुर वि क,२८ मंसिर।पुनर्वास नगरपालिका ६ स्थित युगज्योति एकेडेमी माविका ५६ जना विपन्न तथा जेहेन्दार बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । आईतवार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि ५६ जना बालबालिकालाई न्यानो लुगा वितरण गरिएको हो।बिद्यालयका संस्थापक अध्यक्ष बिश्वनाथ बिष्टका सुपुत्र एबं सोही बिद्यालय का संस्थापक एबं रोजगारीको सिलसिलामा हाल अमेरिकाको क्यालिफोर्निया स्थित रोजगारमा रहदै आएका युग ज्योति एकेडेमी माध्यामिक विद्यालयका पुर्व शिक्षक शिव प्रसाद बिष्ट साथै सोही बिद्यालयका पुर्व बिध्यार्थि तथा प्रिन्सिपल खेमराज श्रेष्ठका सुपुत्र हाल कुवेतमा रोजगारको सिलसिलामा रहदै आएका सुशील श्रेष्ठले सयुंक्त रूपमा बालबालिका का लागि न्यानो लुगा वितरण गर्न निमित्त आर्थिक व्यवस्थापन मिलाएपछि आईतवार बिद्यालय सञ्चालक समितिले न्यानो लुगा वितरण गरेको छ ।पढाइमा अब्बल तथा गरिब विपन्न एबं जेहेन्दारको आधारमा बालबालिकालाई संख्यात्मक रूपमा थोरै भएपनि न्यानो जर्सि वितरण गर्न पाउँदा खुसी लागेको बिद्यालय का प्रिन्सिपल खेमराज श्रेष्ठले बताउनुभयो।न्यानो लुगा वितरण कार्यक्रमका प्रमुख अतिथि तथा पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामाले शुभकामना व्यक्त गर्दै बिदेशमा रहेर पनि आफ्नो देशमा यस प्रकारले सामाजिक क्रियाकलापमा सक्रिय रहदै आएकोमा समाजसेवी शिव बिष्ट र सुशील श्रेष्ठलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले आगामी दिनहरूमा पनि यी र यस्ता रचनात्मक तथा सकारात्मक कार्य हरूमा सक्रिय रहन दुबै जना समाजसेवी हरूमा अनुरोध गर्नुभयो । सो अवसरमा बिद्यालय का संस्थापक अध्यक्ष बिश्वनाथ बिष्टले दुबै जना सहयोगी प्रति हार्दिक आभार प्रकट गर्नुभयो । बिदेशमा रहेर आफ्नो आमदानी श्रोतबाट थोरै रकम बचायर जेहेन्दार बालबालिकालाई अध्ययनमा प्रोत्साहनका साथै उनिहरूलाई हौसला होस भन्ने उदेश्यले न्यानो लुगा वितरणमा सहयोग जुटाईदिनुभएकोमा हृदय देखि धन्यवाद छ संस्थापक अध्यक्ष बिष्टले शुभकामना मन्तव्य का क्रममा बताउनुभयो ।न्यानो लुगा वितरण कार्यक्रममा सभापति संस्थापक अध्यक्ष बिस्वनाथ बिष्ट रहनुभएको थियो भने प्रमुख अतिथि मा वडा अध्यक्ष मित्र सिंह लामा तथा बिशिस्ट अतिथि ,प्रिन्सिपल खेमराज श्रेष्ठ,शिब प्रसाद बिष्ट कि आमा बिष्णु बिष्ट र अतिथिमा वडा सदस्य ठाकुर अम्गाई,बिद्यालय सञ्चालक दया गुरूङ तथा बिद्यालय का अभिभावक लगायत रहेका थिए ।यस अघि पनि समाजसेवी शिव बिष्टले पुनर्वासका विभिन्न सामुदायिक बिद्यालय का सयौं गरिब विपन्न बालबालिकालाई न्यानो लुगा तथा स्टेसनरी वितरण मा सहयोग प्रदान गर्दै आएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट