२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

बेलौरी नगरपालिका वडा नम्बर ७ ले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान स्वरुप साइकल प्रदान


  • २०८२ मंसिर १८, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ४३२ पाठक संख्या
  • बेलौरी १८ मङ्सिर। कन्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ७ कार्यालयले अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको पूर्वसन्ध्यामा बिहीबार वडा कार्यालयमा एक कार्यक्रमका बीच वडा भित्र रहेका ८ जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै साइकल वितरण गरेको छ। कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ७का वडाध्यक्ष प्रकाश श्रेष्ठ, प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, विशिष्ट अतिथि कार्यपालिका सदस्य विन्द्रावती राना, वडा सदस्य, महिला स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो।कार्यक्रमका बोल्दै प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा दिवान सिंह बिष्टले स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका प्रशंसनीय रहेको बताउँदै  स्थानीय तहले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आवश्यक सहयोग गर्नुपर्नेमा जोड् दिनुभयो। वडाध्यक्ष प्रकाश श्रेष्ठका अनुसार समुदायको स्वास्थ्य क्षेत्रमानिरन्तर योगदान पुर्‍याउँदै घाम चिसो पानी दिनरात नभनि सदा जनताको सेवामा  समिर्पित स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान स्वरुप साइकल प्रदान गरिएको जानकारी दिनुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट