२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीद्वारा बिरामी पत्रकार धामीलाई उपचार गर्न ५१ हजार 


  • २०८२ मंसिर १४, आईतबार मा प्रकाशित १ महिना अघि
  • २०२ पाठक संख्या
  • धनसिंह धामी , १४ मङ्सिर।कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले बिरामी पत्रकार सुरेश सिंह धामीलाई उपचार खर्च सहयोग गरेका छन । सुदूरपश्चिम प्रदेशका सफल युवा उद्यमी समेत रहेका वाणिज्य संघका अध्यक्ष जोशीले नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष धामीलाई उपचार गर्न सहयोग गरेका हुन ।

    वाणिज्य संघका अध्यक्ष जोशीले प्रण घातक क्यान्सर रोगसंग लडिरहेका पत्रकार महासंघका अध्यक्ष धामीलाई ५१ हजार रुपैया आर्थिक सहयोग गरेको जनाईएको छ।जोशीले धामीको प्रभु बैंक लिमिटेड शाखा महेन्द्रनगर ०२९०२४३०३२६०००१२नम्बरमा सिधै ट्रान्सफर गरेका छन । कञ्चनपुर उद्योग वाणिज्य सघका अध्यक्ष पिताम्बर जोशीले समाजिक क्षेत्रमा अहोरात्र खटिने पत्रकार धामीको उपचारका लागि सक्दो सहयोग गरेको बताउनुभयो। साथै संघबाट समेत संस्थागत रुपमा छुट्टै सहयोग गर्ने जनाएका छन । धामी केही समयदेखि भारतको राजिवगान्धी क्यान्सर अस्पतालमा उपचारार्थछन । उनको उपचारमा ठुलो धनरासी खर्च हुने भएकाले सहयोगका लागि घरपरिवारदेखि पत्रकार महासंघले अपिल गरेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट