२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

बेलौरीका रानाले दोस्रो वर्ष पनि गरे बेदकोटको बैजनाथ मन्दिर परिसरमा बृहत भण्डारा


  • २०८२ मंसिर ११, बिहिबार मा प्रकाशित १ महिना अघि
  • ५४३ पाठक संख्या
  • माधब पौडेल,११मङ्सिर।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २,गोकलपुर बस्ने गङ्गाराम रानाले बेदकोटस्थित बैजनाथ मन्दिर परिसरमा दोस्रो वर्ष पनि धार्मिक कार्यक्रम सहित बृहत भण्डाराको आयोजना गर्नुभएको छ।रानाले आफ्ना हजुरबुवा गिरिधारीलाल रानाको स्मृतिमा बेदकोट नगरपालिका वडा ३ मा रहेको पवित्र धार्मिक स्थल बेदकोट ताल परिसरमा रहेको बैजनाथ मन्दिरमा बुधबार सत्यनारायण कथा, हवन, भजन–कीर्तन तथा बिहीबार बृहत भण्डाराको आयोजना गरिएको थियो।उदघाटन कार्यक्रमको प्रमुख अतिथि कञ्चनपुर क्षेत्र नम्बर १ का पूर्व सांसद पुरन राना थारु, विशिष्ट अतिथिमा कृष्णपुर नगरपालिकाका नगर उप प्रमुख द्रोपती राना रहनुभएको थियो।गङ्गाराम रानाका अनुसार हजुरबुवा गिरिधारीलाल रानाले करिब ७० वर्षअघि गृहस्थ जीवन त्याग गरी बैजनाथ मन्दिरमै सन्यासी जीवन बिताउदै गर्दा देहावसान पनि सोही मन्दिर परिसरमा भएकाले हजुरबुवाको पुण्य स्मृतिमा परिवारजन तथा इष्टमित्रको सहयोगमा धार्मिक कार्यक्रमलाई निरन्तरता दिँदै आएको रानाले बताउनुभयो। कार्यक्रममा१७ जना अपाङ्गता भएका भक्तजनहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको जानकारी दिनुभयो।रानाले यस कार्यक्रमलाई अर्को वर्ष अझै व्यवस्थित तरिकाले गरिने समेत बताउनुभयो।बिहीबार आयोजित बृहत भण्डारामा कञ्चनपुर, कैलाली र बाँके बर्दिया र भारतबाट करिब एक हजार ४ सय बढी भक्तजन तथा श्रद्धालुले प्रसाद ग्रहण गर्नुभएको गङ्गाराम रानाले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट