कैलाली,०४ मंसिर जिल्लाको गौरीगंगा साझेदारी वन व्यवस्थापन समुहको साधारणसभा दुई पटक स्थगित भएको छ । समुहले पहिलोपटक कार्तिक २१ र दोस्रोपटक २८ गतेमा बोलाएको साधारणसभा गणपुरक संख्या नपुग्दा स्थगित भएको हो ।
गौरीगंगा नगरपालिकाको वडा नं ४,५,७ र ९ तथा मोहन्याल गाउपालिकाको ५ नम्बर वडा कार्यक्षेत्र रहेको समुहमा ५० जना सदस्य रहेकोमा ति दुबै मितिमा सामान्य गणपुरक संख्यामा प्रतिनिधि उपस्थिति नभई बहिस्कार गरेको नाम उल्लेख नगर्ने सर्तमा समितिका पदाधिकारीले जानकारी दिए । यहि मंसिर ५ गते शुक्रबारलाई पुनः तेस्रोपटक साधारणसभा बोलाइएको छ । साझेदारी वन उपभोक्ता समुहको साधारणसभा गर्न ५१ प्रतिशत प्रतिनिधिको उपस्थित अनिवार्य हुनुपर्ने व्यवस्था रहेकोमा बहुमत प्रतिनिधि हरुले बहिष्कार गरी २ पटक स्थगित भएको हुदा समुहका अध्यक्ष बल बहादुर महताले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने स्रोतले बताएका छन् ।

समुहको व्यवस्थापनको लागि डिभिजन वन कार्यालय धनगढीले पठाएको ठुलो रकम समितिलाई जानकारी नदिई अध्यक्ष र सदस्य सचिव रहेका सव डिभिजन वन कार्यालय मसुरियाका सहायक वन अधिकृत विश्वराज पण्डितले फिर्ता गरेकोले समुह प्रतिनिधिहरुले साधारणसभा बहिस्कार गरेको खुलासा भएको छ । “समुह ति दुई व्यक्तिको होईन सरोकार राख्ने सबैको हो कुन उदेश्यले रकम फिर्ता गरेका हुन” भन्ने जानकारी कार्यालयमा अभिलेख नभएको हुदा बहिस्कार गर्नुपरेको प्रतिनिधिहरुले बताएका छन् ।
प्राकृतिक स्रोतसाधनको सहि सदुपयोग, संरक्षण र व्यवस्थापन ध्यान नदिएको तथा उदेश्य अनुसार काम गर्न नसकेको तथा आन्तरिक विवाद उत्पन्न भइ साझेदार र सरोकारवाला निकायसँग परामर्श तथा सुचना लिनेदिने नगर्ने गरेको भन्दै मोहन्याल गाउपालिकाले समुहबाट प्रतिनिधि फिर्ता गर्दै आफ्नो वन क्षेत्रभित्र कुनै पनि काम नगर्न जानकारी समेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस