धनगढी,०३मङ्सिर।सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले निर्वाचन आयोग पूर्ण जिम्मेवार संस्था रहेको बताउनुभएको छ।
आयोगको आर्थिक वर्ष २०८०\०८१ को वार्षिक प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख मियाँले सुरुबाटै जिम्मेवारी र इमानदारीका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको बताउनुभयो।विषम परिस्थितिमा पनि राज्य निर्वाचन गराउन खोज्दा निर्वाचन आयोग जिम्मेवार पूर्ण देखिएको छ प्रदेश प्रमुख मियाँले आयोगलाई जनशक्ति र सुरक्षाको प्रत्याभूत गराउनुपर्छ ।’प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम भट्टले सरकारले फागुन २१ घोषणा गरेको निर्वाचनबारे निर्वाचन कार्यालय लागिरहेको बताएका थिए । समावेशी मितव्ययी र भरपर्दो निर्वाचन गराउन आफूहरू लागिरहेको बताउनुभयो।वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण गर्नुभन्दा पहिले गत आर्थिक वर्षमा प्रदेश निर्वाचन आयोगले गरेका कामहरू बारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस