२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

भूमि अधिकार तथा श्रमिक संगठन नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बगाले 


  • २०८२ मंसिर ३, बुधबार मा प्रकाशित ६ महिना अघि
  • ३२७ पाठक संख्या
  • बेलौरी,०३ मङ्सिर।कैलालीको धनगढीस्थित मनमोहन स्मृति भवनमा आयोजित भूमि अधिकार तथा श्रमिक संगठन नेपाल सुदूरपश्चिम प्रदेशको विस्तारित बैठक तथा भेलाबाट कृष्ण प्रसाद बगाले सर्वसम्मत चयन गरिएको छ।उपाध्यक्षमा मनिषा बुढामगर (कैलाली) सचिवमा गोविन्द बिक (कैलाली) उपसचिवमा मनोज सिंह (बझाङ) र रामस्वरूप चौधरी (कैलाली) कोषाध्यक्षमा मिरा आलेमगर (कैलाली) लगायत ७ जिल्ला प्रतिनिधित्व हुने गरी १३ सदस्य चयन गरेको छ।

    कार्यक्रमको सभापति सुदूरपश्चिम प्रदेश संगठनका उपाध्यक्ष चेतराज ओझा,प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट, विशिष्ट अतिथिमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, भूमि अधिकार तथा श्रमिक संगठन नेपालका अध्यक्ष ईन्द्र तामाङ, अथितिमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव रण बहादुर चन्द,भूमि आयोग कैलालीका अध्यक्ष कमल सिंह राना सहित केन्द्र, प्रदेश, जिल्ला र नगरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेकपा एमाले केन्द्रीय कमिटी सचिव एवं सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले संगठनले भूमिहीन, सुकुम्बासी र श्रमिकको हकहितका सवाललाई व्यवस्थित ढंगले अगाडि सार्न संगठनको महत्वपूर्ण भूमिका रहेको बताउँदै नयाँ नेतृत्वले जनतालाई नजिकबाट सुन्ने र समस्या समाधानका लागि सक्रिय भूमिकामा रहने अपेक्षा राखेको समेत बताउनुभयो।

    नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कृष्ण प्रसाद जैशी भूमि अधिकार तथा श्रमिक आन्दोलनलाई अझ संगठित र सबलीकरण गर्ने उद्देश्यले नयाँ नेतृत्व चयन भएको बताउँदै भूमि र श्रमिकको अधिकार सुनिश्चत गर्ने हाम्रो दीर्घकालीन संघर्षलाई अबको नेतृत्वले अझै प्रभावकारी ढंगले अघि बढाउने विश्वास लिएको बताउनुभयो।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट