लालझाडी,२६।कञ्चनपुरको लालझाडी गाउँपालिकामा भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरको आयोजना गरिएको नि शुल्क पशु स्वास्थ्य एकदिने शिविरको सुदुर पश्चिम प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीर बहादुर थापाद्वारा उदघाटन गर्नुभएको छ।
मंगलबार लालझाडी गाउँपालिका गाउँपालिका वडा नम्बर १ नौरङ्गामा सञ्चालन गरेको शिविरमा गाई, भैंसी, बाख्रा,कुखुरा र कुकुरको उपचार गरिएको थियो। शिविरमा २१२ पशुको उपचारसँगै १७ कुकुरलाई रेबिजविरुद्धको सुई लगाइएको छ।उनले किसानका बिरामी पशुका लक्षणअनुसार औषधि वितरण समेत गरिएको केन्द्रका प्रमुख श्याम सिंह खड्काले जानकारी दिनुभयो।
शिविरमा पशु चिकित्सक डा. धिरज बोहराको नेतृत्वमा रहेको प्राविधिक टोलीले पशुमा देखिएका विभिन्न रोगको परीक्षण र उपचार गरेको थियो। स्थानीय किसानहरूले आफ्ना पशुमा देखिएका समस्या सुनाएपछि टोलीले स्थलमै उपचार सेवा पुर्याएको थियो।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले गाउँपालिकाले पशुपालनलाई आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा अघि बढाइरहेको बताउँदै किसानको आम्दानी वृद्धि र दिगो विकासका लागि पशुपालन क्षेत्रलाई सुदृढ बनाउने हाम्रो प्राथमिकता रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै मन्त्री थापाले ग्रामीण क्षेत्रमा अधिकांश परिवारको जीविकोपार्जन पशुपालन गरिने हुँदा पशुपालक किसानलाई सहज र सुलभ सेवा दिन पशु स्वास्थ्य शिविरलाई नियमित रूपमा सञ्चालन गर्ने लक्ष्य लिएको बताउँदै मन्त्री थापाले पशुमा देखिने रोग नियन्त्रण, स्वास्थ्य सेवा विस्तार र उत्पादन वृद्धिलाई सरकारले आफ्नो प्रमुख प्राथमिकतामा राखेको बताउनुभयो।
प्रतिक्रिया दिनुहोस