२०८२ मंसिर २१, आईतबार | Sun, 07, Dec, 2025

बेलौरीमा कानुनी शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न


  • २०८२ कार्तिक २६, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४१८ पाठक संख्या
  • बेलौरी, २६ कार्तिक।बेलौरी नगरपालिका न्यायिक समितिको आयोजनामा न्यायमा सहज पहुँच सुनिश्चित गर्न कानुनी शिक्षा तथा सचेतना कार्यक्रम मंगलबार सम्पन्न भएको छ।कार्यक्रमको अध्यक्षता न्यायिक समितिका संयोजक तथा नगर उपप्रमुख श्री जोगराम चौधरीले गर्नुभएको थियो। स्थानीय तहमा न्यायिक समितिले स्थानिय स्तरमा क्षेत्राधिकार भित्रका उजुरीका पक्षहरुको सहमतिको आधारमा न्यायिक कार्यसम्पादनमा महत्वपूर्ण भूमिका रहने बताउँदै नागरिकलाई सहज रूपमा न्याय उपलब्ध गराउने वातावरण बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।नागरिकले कानुनी प्रक्रिया बुझ्ने हो भने न्यायमा पुग्न सजिलो हुन्छ, त्यसका लागि शिक्षा र सचेतना नै पहिलो माध्यम हो उपप्रमुख चौधरीले भन्नुभयो।कार्यक्रममा प्रशिक्षक अधिवक्ता आरती खड्काले बेलौरी नगरपालिकाका १० वटा वडाबाट हिंसाबाट प्रवाभित महिला पुरुष, विपन्न गरीब मजदुर वर्गबाट उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।कार्यक्रममा प्रशिक्षक अधिवक्ता आरती खड्काले नेपालको संविधानमा र कानुनमा महिला हक अधिकार र हिंसाको परिचय, लैङ्गिक हिंसाका प्रकार कानुन प्रावधान र पीडित सहायता प्रक्रिया,सहभागीहरूको प्रश्न उत्तरमा छलफल, ज्याला मजदुरी सम्बन्धी कानुनी प्रावधानहरुको विषयमा प्रशिक्षण गर्नु भएको थियो।।कार्यक्रममा न्यायिक समितिका सदस्य शिवराज राना र आरती कुमारी चौधरी, बेलौरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझा, महिला तथा बालबालिका शाखा प्रमुख विमला बजगाईंको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण न्यायिक समितिका उजुरी प्रशासक विनोद चौधरीले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट