२०८२ कार्तिक २१, शुक्रबार | Fri, 07, Nov, 2025

सूचनाको हकमा बेलौरी नगरपालिकाले गर्यो लापरवाही : सञ्चारकर्मीलाई समेत सूचना दिनमा आनाकानी


  • २०८२ कार्तिक १३, बिहिबार मा प्रकाशित १ हफ्ता अघि
  • ४८५ पाठक संख्या
  • बेलौरी,१३ कार्तिक।कञ्चनपुरको बेलौरी नगरपालिकाले सूचना हकअन्तर्गत माग गरिएको विवरण समयमै नदिएर कानुनी दायित्व उल्लङ्घन गरेको छ।

    बेलौरीमा रहेका ८ वटा सञ्चारमाध्यमका पत्रकारहरूले भदौ ३१ गते नगरपालिकाबाट विभिन्न सार्वजनिक विवरण माग गर्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत झपिराज ओझालाई निवेदन पेश गरेका थिए।सूचना अधिकार ऐनअनुसार मागपश्चात १५ दिनभित्र मागिएको सूचना उपलब्ध गराउनुपर्ने प्रावधान रहे पनि नगरपालिकाले अहिलेसम्म माग गरेअनुसारको अपुरो विवरण मात्र उपलब्ध गराउँदै आएको छ।सञ्चारकर्मीहरुले माग गरे अनुसारको विवरण उपलब्ध गराउन नगर उपप्रमुख जोगराम चौधरीले निमित्त प्रमुख प्रशासकिय अधिकृत ओझालाई निर्देशन दिनुभएको थियो।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले सूचना अधिकारीलाई जिम्मेवारी तोके पनि सूचना अधिकारीले प्रशासन शाखाले आवश्यक विवरण नपठाएको भन्दै आफू असहाय भएको दाबी गरेका छन्। यस्तो दोहोरो जिम्मेवारी टार्ने प्रवृत्तिले नगरपालिकाको पारदर्शिता र उत्तरदायित्वमाथि प्रश्न उठेको सञ्चारकर्मीहरूको भनाइ छ।सूचना हक अन्तर्गत मागिएको सामान्य विवरणसमेत समयमै नदिने नगरपालिकाले आम नागरिकलाई सहज रूपमा सूचना उपलब्ध गराउने अवस्था कसरी सुनिश्चित गर्न सक्छ भन्ने प्रश्न जनमानसमा उठिरहेको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट