२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

पुनर्वास:स्वर्गिय बुवा र बहिनीको सम्झनामा ५१ हजारको अक्षयकोष स्थापना


  • २०८२ आश्विन २९, बुधबार मा प्रकाशित ९ महिना अघि
  • ११८४ पाठक संख्या
  • माधव पौडेल, कञ्चनपुर, २९ असोज।देश बाहिर रहेर पनि जन्मभूमिको माया बिर्सेनन् अष्ट्रेलियाको क्यानबेरामा बस्दै आएका समीक्षा पौडेल घिमिरे र प्रकाश घिमिरेले आफ्ना स्वर्गीय ससुरा बुवा रामजी पौडेल र साली सलिना पौडेलको सम्झनामा कञ्चनपुरको पुनर्वास नगरपालिका–४, घ गाउँस्थित नमुना रामजी आधारभूत विद्यालयमा ५१ हजार १ सय ५५ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेका छन्।

    बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच ज्वाइँ प्रकाश र छोरी समीक्षा पौडेल घिमिरेले आमा कल्पना पौडेलमार्फत उक्त अक्षयकोषको रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य बहादुर मल्ल, प्रधानाध्यापक महेश्वर ओझा र वडा अध्यक्ष मनोज सापकोटालाई हस्तान्तरण गरेका थिए।

    विद्यालयको नाम नै स्वर्गीय रामजी पौडेलको सम्झनामा २०६९ सालमा निर्माण गरिएको तीन कोठे भवनबाट राखिएको हो। पुनर्वासका रामजी पौडेल रोजगारीको सिलसिलामा इटलीमा रहँदा २०६५ सालमा कान्छी छोरी सलिनासहित सडक दुर्घटनामा निधन भएको थियो।उक्त अक्षयकोषबाट प्राप्त ब्याज विद्यालयका आर्थिक रूपमा विपन्न विद्यार्थीको सहायतामा प्रयोग गरिने विद्यालयले जनाएको छ।छोरी ज्वाइँले स्वर्गीय ससुरा र सालिको सम्झनामा गरिएको यो योगदानले विद्यालयको प्रगति र बालबालिकाको भविष्य उज्यालो बनाउन थप मद्दत पुग्ने स्वर्गिय रामजी पौडेलको श्रीमती कल्पना पौडेलले बताउनुभयो। निकट भविष्यमा विद्यालयमा अक्षयकोषमा रकम थप गर्दै लैजाने समेत पौडेलले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट