२०८३ बैशाख १९, शनिबार | Sat, 02, May, 2026

पुनर्वास जनता क्याम्पस स्ववियुद्वारा प्यारातालमा सरसफाइ र डस्टविन सहयोग


  • २०८२ आश्विन २१, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • ३८६ पाठक संख्या
  • पुनर्वास, २१ असोज। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ मा रहेको पर्यटकीय गन्तव्यका रुपमा बिकसित प्याराताल परिसरमा पुनर्वास जनता क्याम्पस स्ववियुद्वारा सरसफाइ गरि डस्टविन राखिएको छ ।ताल अवलोकनमा आउने पर्यटकहरुद्वारा जताभावी फालिने गरिएको प्लास्टिक जन्य फोहर व्यबस्थापनमा सघाउनका लागि पुनर्वास जनता क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थीहरुले ६ थान सिमेन्ट रिङ डस्टविन प्रयोगका लागि राखिएको हो ।पुनर्वास जनता क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति बिकास खड्काको अगुवाइमा मंगलबार आयोजित प्याराताल सरसफाइ कार्यक्रममा नेपाल प्रहरी,सशस्त्र प्रहरी बिओपी बिचफाँटाको टोली र जेन्जी पुस्ताका युवाहरुको सहभागिता रहेको थियो।ताल अवलोकनमा आउने पर्यटकहरुद्वारा जताभावी फालिने फोहर स्ववियुद्वारा सहयोग गरिएका सिमेन्ट रिङ डस्विनले व्यबस्थापनमा सहयोग पुग्ने प्यारा ताल पर्यटन प्रवर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट