२०८२ माघ २४, शनिबार | Sat, 07, Feb, 2026

पुनर्वास :जीवन ज्योती माध्यमिक विद्यालयको ५४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न 


  • २०८२ आश्विन ५, आईतबार मा प्रकाशित ४ महिना अघि
  • २८१ पाठक संख्या
  • धनबहादुर बिक,पुनर्वास ०५ असोज।श्री जीवन ज्योति माध्यमिक बिद्यालयले ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस बिबिध कार्यक्रमका साथ सम्पन्न गरेको छ । सोमबार पुनर्वास नगरपालिका ६ कञ्चनपुरमा रहेको स्थानीय जीवन ज्योति मावि ले विभिन्न कार्यक्रम सहित भब्यरूपमा उक्त समारोह सम्पन्न गरेको हो।हरेक बर्ष असोज १ गते हुने गरेको बार्षिकउत्सव जेन्जी आन्दोलन का क्रममा सहादत हुने युवाहरूका कारण सरकारले असोज १ गते सार्वजनिक बिदा दिएकोले असोज ५ गते आयोजना गर्नुपरेको बिद्यालयका अध्यक्ष तथा वडा अध्यक्ष मित्र सिंह लामाले बताउनुभयो। कार्यक्रममा बिद्यालयका प्राधानाध्यापक भरत कुमार बस्नेतले आर्थिक बर्ष ०८१/०८२ को कुल १ करोड १४ लाख ७० हजार ८३८ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए।सो अवसरमा ०८२ असोज सम्म स्थानीय समाजसेवी द्वारा स्थापित ३ लाख ५६ हजार २०३ रूपैया बराबरको अक्षयकोष स्थापना गरिएको र प्राप्त बैंक ब्याज बाट गरिब तथा विपन्न , जेहेन्दार बिध्यार्थि हरूलाई शैक्षिक सहायता स्वरूप नगद रकम प्रदान गरिएको थियो।अक्षयकोष स्थापनार्थ सबैभन्दा बढि बिजया श्रेष्ठ स्मृति अक्षयकोष रकम ८० हजार १०१ रहेको छ भने शिव गोमा अक्षयकोष रकम ५१ हजार १५१ रूपैया रहेको छ । त्यसैगरी शिवहरी शर्मा स्मृति अक्षयकोष ३० हजार १ रूपैया , ठाकुर सुशीला अक्षयकोष ११ हजार १११ , अमर सरस्वती बस्नेत स्मृति अक्षयकोष २५ हजार १ , हरिकृष्ण छलुमाया स्मृति अक्षयकोष ३१ हजार ५०५ , राम मंगल द्विप स्मृति , १० हजार १ रूपैया , बाबु ज्ञानी स्मृति कोष १५ हजार १०१ , नारायणदत्त मणिकण स्मृति अक्षयकोष ३० हजार ३ रूपैया , बसन्त अर्याल स्मृति अक्षयकोष १५ हजार ५ , कृष्णबहादुर केसी १० हजार ५ , चन्द्रदेव भट्ट स्मृति अक्षयकोष १५ हजार ५ रूपैयाँ , लक्ष्मी पञ्च श्रेष्ठ ११ हजार १११ र देवराज स्मृति अक्षयकोष मा ११ हजार १११ तथा वडा सदस्य एबं नवज्योति आमा समूह अध्यक्ष बिष्णुमाया कोईराला अक्षयकोष रकम ११ हजार १०१ रूपैया गरि हालसम्म ३ लाख ५६ हजार २०३ जम्मा भएको प्रअ को आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

    उक्त रकम बिद्यालयको खातामा जम्मा रहने र प्राप्त ब्याज रकमबाट बिद्यालयमा अध्यनरत गरिब विपन्न तथा जेहेन्दार बिध्यार्थिहरूलाई अध्ययनका लागि सहयोग उपलब्ध गराईदै आएको प्र अ बस्नेतले बताउनुभयो।प्रअ बस्नेतले अन्य सहयोगी हरूलाई समेत अक्षयकोष स्थापना गरि पुण्य कमाउन आव्हान गर्नुभएको थियो।कार्यक्रम यस बर्षको उत्कृष्ट शिक्षक सन्तकुमार भट्टलाई कदरपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका उप मेयर भुलिया कुमारी रानाले जीवन ज्योति बिद्यालय ले शैक्षिक क्षेत्रमा उल्लेखनीय सफलता हासिल गर्दै आएकोमा धन्यवाद व्यक्त गरिन। वर्तमानमा सृजना भएको विषम परिस्थितिले गर्दा नगरपालिका बाट प्रदान हुनुपर्ने सेवामूलक कार्यहरू अवरुद्ध हुँदै आएको बताएका छन्।नगरवासी को सकारात्मक सहयोग प्राप्त भएमा स्थानीय सरकारबाट प्रदान गरिने सेवामुलक कार्यहरू छिटै सञ्चालनमा आउने उप प्रमुख रानाले बताउनुभयो।

    कार्यक्रममा विभिन्न वक्ताहरूले बिद्यालय को चौतर्फी शैक्षिक गुणस्तर र विकासका लागि सबैले हातेमालो गर्नुपर्ने कुरामा जोड दिएका थिए। तन मन धन दिई हामी आफैंले सुरु गरेको बिद्यालय लाई आवस्यक परेको खण्डमा सहयोग पुर्याउन सदैब तत्पर रहनुपर्ने समाजसेवी स्याम शाही ले बताउनुभयो।शैक्षिक क्षेत्र जस्तो सामुदायिक बिद्यालय को बार्षिक कार्यक्रममा नगरपालिका शिक्षा शाखा प्रमुख शिवराज भट्टको अनुपस्थितले कार्यक्रमको प्रभावकारीतामा समस्या देखिएको बिद्यालय का पुर्व सहायक प्र अ सेते बिस्वकर्माले गुनासो व्यक्त बताउनुभयो।

    कार्यक्रममा बिद्यालय का पुर्व अध्यक्ष बिजयराज हमाल , पुर्व श्रोत व्यक्ति बिष्णुभक्त पौडेल,समाजसेवी हरि अधिकारी , समाजसेवी रामचन्द्र नेपाल,सोमबार वराल,वडा सदस्य बिष्णुमाया कोईराला,त्रिभुवन युवा क्लब अध्यक्ष जितबहादुर तामाङ,समाजसेवी कृष्णबहादुर पण्डित,समाजसेवी ठाकुर प्रसाद बराल,कबि दिननाथ बराल , समाजसेवी हर्कबहादुर सुनार लगायत अतिथि रहेका थिए।बिद्यालय का अध्यक्ष मित्र सिंह लामाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका उप प्रमुख भुलियाकुमारी राना रहनुभएको थियो। सो अवसरमा छात्र – छात्रा हरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए।कार्यक्रमको सञ्चालन सहायक प्रअ युवराज सुयेल तथा शिक्षक नवराज ओझाले गरेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट