बेलौरी,०४ असोज।कञ्चनपुर टि ट्वान्टी क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण असोज १३ गतेदेखि सुरु हुने भएको छ।गत वर्षबाट सुरु गरिएको प्रतियोगितालाई आयोजक शिद्धेश्वर जय पृथ्वी क्लबले यस वर्षमा पनि निरन्तरता दिने भएको हो ।
बेलौरी नगरपलिका १० शिवनगरमा हुने प्रतियोगिता असोज २६ गतेसम्म चल्ने आयोजकले जनाएको छ।प्राय : टेनिस बलबाट कञ्चनपुरमा क्रिकेट प्रतियोगिता हुने समयमा क्लबले भने लेदर बल मार्फत यो प्रतियोगिता आयोजना गर्दै छ ।

प्रतियोगिताको उदे्श्य अवसरको खोजीमा रहेका स्थानिय खेलाडीलाई प्रतिभा देखाउने आवसर दिनु रहेको खेल सञ्चालक समितीका संयोजक दिपक खड्काले बताउनुभयो। प्रतियोगितामा जुनसुकै टिमले सहभागिता जनाउन सक्ने छन । टाढाको टिमलाई बस्ने व्यावस्था मिलाईने छ ।
प्रतियोगितामा सहभागि हुने ईच्छुक टिमका लागि दर्ता खुला गरिएको छ । असोज ११ गतेसम्म टिम दर्ता गराईसक्नु पर्ने छ।टिम दर्ता शुल्क १५ हजार राखिएको छ । यस वर्ष भने पुरुस्कार रकम बढाइएको छ । प्रतियोगिताको विजेता टिमलाई २ लाख र उपविजेता टिमलाई १ लाख सहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितभरका उत्कृष्ट खेलाडीलाई ५ हजारसहित ट्रफी प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५ हजार सहित ट्रफी प्रदान गरिने छ । प्रत्येक खेलमा म्यान अफ द म्याच हुने खेलाडीले ५ सय पाउने छन।पहिलो सिजनको प्रतियोगिताको उपाधि मालिकार्जून हार्डवेयर प्रालि अत्तरियाले हात पारेको थियो भने धनगढिको सुप हेस्टेल उपविजेतामा चित्त बुझाएको थियो।पहिलो सिजनको प्रतियोगितामा राष्ट्रिय स्तरका खेलाडीको सहभगिता रहेको थियो । यस वर्ष पनि थुप्रै राष्ट्रिय खेलाडीहरुको उपस्थिती रहने आयोजकको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस